विदेश

इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

काठमाडौ,१७ फागुन। शनिबार बिहान भएको आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको पुष्टि भएको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले आइतबार उक्त जानकारी सार्वजनिक गरेको हो। लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए। त्यतिबेला इजरायल ले गरेको हमलामा तत्कालीन सेना … Continue reading इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

थप पढ्नुहोस् »

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। गल्फ न्युज ले यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, … Continue reading इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

थप पढ्नुहोस् »

खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो। श्रम स्वीकृति स्थगित गरिएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, बहराइन, ओमान, इराक, … Continue reading खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

थप पढ्नुहोस् »

खामेनीको मृत्युपछि इरान शोकमा

दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो। खामेनीको निधनपछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक र ७ दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ। यसैबीच उनको मृत्युपछि राजधानीसहित विभिन्न सहरमा नागरिकहरू सडकमा भेला भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक … Continue reading खामेनीको मृत्युपछि इरान शोकमा

थप पढ्नुहोस् »

इरानमाथि इजरायलको पुनः आक्रमण

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्। इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको … Continue reading इरानमाथि इजरायलको पुनः आक्रमण

थप पढ्नुहोस् »

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सी–१३० हर्कुलस विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त एभिन्यूमा खसेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, … Continue reading ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो। स्थानीय प्रहरीका अनुसार पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा बस्दै आएका छत्रबहादुर थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा ज्वाइँ सन्तोष कुमार … Continue reading अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

थप पढ्नुहोस् »

पूर्वराष्ट्रपति युनलाई आजीवन कारावासको सजाय

काठमाडौं,७ फागुन । दक्षिण कोरिया का पूर्वराष्ट्रपति युन सुक येओल लाई मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ। सियोल स्थित सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट मा बिहीबार भएको सुनुवाइमा उक्त फैसला सुनाइएको हो। यस घटनाले देशको लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको विश्लेषण … Continue reading पूर्वराष्ट्रपति युनलाई आजीवन कारावासको सजाय

थप पढ्नुहोस् »

हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो। दिउँसो करिब ११ः३० बजे आएको हिमपहिरोले उनीहरूलाई चपेटामा पारेको हो। अधिकारीहरूका अनुसार घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता रहेका छन्, … Continue reading हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

थप पढ्नुहोस् »

इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ। वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट आठ जना र अल–खलिल गभर्नरेटबाट सात जना पक्राउ परेका छन्। जेरुसेलमको उत्तरबाट एक युवक, कल्किल्या सहरबाट एक जना र अल–अघवार अल–शामालियाबाट अर्का एक जनालाई पनि … Continue reading इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

थप पढ्नुहोस् »