समाचार

विभिन्न निर्माण कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ,६ फागुन। सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने वा ढिलासुस्ती गर्ने १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग लिखित स्पष्टीकरण माग गरेको छ। कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। सडक डिभिजन डोटी, सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा र सडक … Continue reading विभिन्न निर्माण कम्पनीसँग स्पष्टीकरण माग

थप पढ्नुहोस् »

प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ फागुन । निर्वाचन आयोगले चुनावी गतिविधिका क्रममा प्रविधिको दुरुपयोग नगर्न सबै पक्षलाई आग्रह गरेको छ। प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षतामै प्रश्न उठ्न सक्ने भन्दै आयोगले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराएको हो। आयोगले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न तथा नगराउन सहयोगी भूमिका निर्वाह गर्न आमसञ्चार माध्यमलगायत सरोकारवाला निकायसँग अपिल गरेको छ। कार्यवाहक प्रमुख … Continue reading प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

थप पढ्नुहोस् »

नेपाल-भारत फौजदारी कानुनी सहयोग सम्झौता

काठमाडौं,६ फागुन । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार राति सम्पन्न हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त … Continue reading नेपाल-भारत फौजदारी कानुनी सहयोग सम्झौता

थप पढ्नुहोस् »

सञ्चार क्षेत्रको सुदृढीकरण र नीति कार्यान्वयनमा जोड

दाङ,५ फागुन । सञ्चार क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारका लागि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा तुलसीपुर क्षेत्रका पत्रकारहरूले जोड दिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग गरिएको पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा तुलसीपुर क्षेत्रमा क्रियाशील पत्रकारहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रम प्रेस चौतारी नेपाल … Continue reading सञ्चार क्षेत्रको सुदृढीकरण र नीति कार्यान्वयनमा जोड

थप पढ्नुहोस् »

पैदलयात्रीमाथि कुटपिट गर्ने चालक पक्राउ

काठमाडौं,५ फागुन । पैदलयात्रीमाथि कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । संघीय राजधानीस्थित चप्पल कारखाना क्षेत्रमा सडक पार गरिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सक्रियता देखाउँदै चालकलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चालकलाई थप … Continue reading पैदलयात्रीमाथि कुटपिट गर्ने चालक पक्राउ

थप पढ्नुहोस् »

निर्वाचन सफल बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने

दाङ,५ फागुन । दाङको तुलसीपुरमा निर्वाचन आचारसंहितामा संचार विषयक अन्तरक्रिया कार्यक्रम भएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम गरेको हो।कार्यक्रम रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले रासस निस्पक्षता र सक्षमताको धरोहर … Continue reading निर्वाचन सफल बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने

थप पढ्नुहोस् »

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं,५ फागुन । रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्। ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैमा आग्रह गरेका हुन्। राष्ट्रपति … Continue reading निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

थप पढ्नुहोस् »

मतपत्र छपाइ सप्पन्न

दाङ,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिनेछ। प्रबन्ध निर्देशक पौडेलले प्रत्यक्षतर्फ दुई करोड … Continue reading मतपत्र छपाइ सप्पन्न

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। सार्वजनिक सूचनाअनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ … Continue reading कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

थप पढ्नुहोस् »

९५५ केजी गाँजासहित दुई जना पक्राउ

काठमाडौं,५ फागुन । प्रहरीले ९५५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयको टोलीले प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ जादै गरेका दुई वटा पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका … Continue reading ९५५ केजी गाँजासहित दुई जना पक्राउ

थप पढ्नुहोस् »