समाचार

मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

काठमाडौं,२३ चैत। मध्यपूर्वमा जारी द्वन्द्वका बीच हालसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयमार्फत द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न तथ्यांक संकलन कार्य जारी रहेको बताए। उनका अनुसार प्रारम्भिक चरणमा हटलाइनमा धेरै फोन आए पनि अहिले त्यस्तो दबाब घटेको … Continue reading मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

थप पढ्नुहोस् »

देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते

काठमाडौ,२३ चैत । नवलपरासीको देवचुली नगरपालिका–१६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा धारिलो हतियार प्रहार भएजस्तो चोटसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी ७० वर्षीया श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर … Continue reading देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते

थप पढ्नुहोस् »

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

दाङ,२३ चैत । प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। आज बसेको बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरेको हो। बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। त्यसअघि सभामुख डोलप्रसाद … Continue reading प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

थप पढ्नुहोस् »

राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं,२३चैत। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो। राष्ट्रियसभामा सहभागी दलहरुबीचको सहमति अनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनका प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्। भण्डारीको निर्वाचितमा समर्थन नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी … Continue reading राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

थप पढ्नुहोस् »

एक महिनामा २३ स्थानमा बर्डफ्लुः एकलाख बढि कुखुरा नष्ट

दाङ,२३चैत । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको … Continue reading एक महिनामा २३ स्थानमा बर्डफ्लुः एकलाख बढि कुखुरा नष्ट

थप पढ्नुहोस् »

नाइजेरिया अपहरणमा परेका ३१ जनाको उद्धार

काठमाडौँ,२३चैत । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । क्यालेब बावा माआजीका अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा रहेको अरिको गाउँमा घट्यो । यसअघि … Continue reading नाइजेरिया अपहरणमा परेका ३१ जनाको उद्धार

थप पढ्नुहोस् »

सुन–चाँदीको मूल्य घट्यो

काठमाडौ,२३ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ … Continue reading सुन–चाँदीको मूल्य घट्यो

थप पढ्नुहोस् »

पूर्व प्रदेश सांसद शर्मा थुनामुक्त

काठमाडौ,२३ चैत। काठमाडौँ जिल्ला अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी पूर्व प्रदेश सांसद रेखा शर्मालाई थुनामुक्त गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय … Continue reading पूर्व प्रदेश सांसद शर्मा थुनामुक्त

थप पढ्नुहोस् »

यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक

दाङ,२३ चैत । तुलसीपुर यातायात कार्यालयमा बिचौलियाविरुद्ध कडाइ, प्रत्यक्ष सेवा प्रणाली लागूयातायात व्यवस्था कार्यालय तुलसीपुरले सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउन बिचौलियाको चलखेल रोक्ने उद्देश्यसहित कडाइ सुरु गरेको छ। कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा दिने व्यवस्था लागू गरिएको जनाएको छ। यससँगै कार्यालय परिसरभित्र बिचौलिया प्रवेशमा रोक लगाइएको छ। विगतमा लेखापढी व्यवसायी … Continue reading यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक

थप पढ्नुहोस् »

सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

काठमाडौ,२२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। आजै बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ … Continue reading सभामुख डोलप्रसाद अर्यालले लिए शपथ

थप पढ्नुहोस् »