समाचार

मिटरब्याज विरुद्ध माइतीघरमा धर्ना

काठमाडौँ,२२ भदौ । टिरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले आइतबार काठमाडौँको माइतीघरमा धर्ना दिएको छ। समितिले मिटरब्याज पीडितका समस्या समाधानका लागि चारवटा माग अघि सारेको छ। तीमध्ये जाली तमसुक खारेज गर्ने, मिटरब्याज साहुहरूलाई कारबाही गर्ने, पीडितको जग्गा फिर्ता गरिदिने र सम्पूर्ण पीडितहरूलाई एकजुट गराउने प्रमुख माग रहेका छन्। समितिले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता … Continue reading मिटरब्याज विरुद्ध माइतीघरमा धर्ना

थप पढ्नुहोस् »

एक अर्बको आलु र सुन्तला बिक्री

काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार गत वर्ष १,८२० हेक्टर … Continue reading एक अर्बको आलु र सुन्तला बिक्री

थप पढ्नुहोस् »

विद्यालय गएका बालक ४ दिनदेखि बेपत्ता

काठमाडौँ,२२ भदौ । विद्यालय गएका महोत्तरीको बर्दिवासका एक १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक अहिलेसम्म घर फिर्ता नआएको परिवारले जनाएको छ। बर्दिवास नगरपालिका–१२, डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गौतम पासवान गत बिहीबार घरबाट साइकलमा विद्यालय गएका थिए। उनका काका प्रमोद पासवानले बालक अहिलेसम्म घर फिर्ता नभएको … Continue reading विद्यालय गएका बालक ४ दिनदेखि बेपत्ता

थप पढ्नुहोस् »

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसंग जवाफ माग्ने

काठमाडौँ,२२ भदौ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। पार्टीका नेताहरूले यस विषयमा सरकारसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्। आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यस विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार, “केन्द्रीय कार्यसम्पादन … Continue reading सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसंग जवाफ माग्ने

थप पढ्नुहोस् »

कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्ड, दाङका प्रमुख कमल प्रकाश अर्यालले ज्ञान ज्योति कलेज जिल्लाको गौरव गर्ने शैक्षिक संस्था … Continue reading कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

थप पढ्नुहोस् »

साहारा बचत तथा ऋण सहकारीको १८औं वार्षिकोत्सव तथा साधारणसभा

दाङ ,२१ भदौ । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि केसीले सहकारीलाई बचत र ऋण मात्रमा सीमित नराखी कृषिमा भएको लगानीलाई उत्पादन … Continue reading साहारा बचत तथा ऋण सहकारीको १८औं वार्षिकोत्सव तथा साधारणसभा

थप पढ्नुहोस् »

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो: घटनालाई राजनीतिकरण गर्न खोजिएको ओलीको दाबी

काठमाडौं ,२१ भदौ । ललितपुरको हरिसिद्धीमा मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाबारे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिकरण गर्ने प्रयास भएको’ दाबी गरेका छन्। शनिबार गोदावरीस्थित सनराइज हलमा जारी एमाले विधान महाधिवेशनमा सम्बोधन गर्दै ओलीले बालिकालाई ‘सामान्य ठक्कर मात्र’ लागेको दाबी गर्दै पार्टीले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताए।‘सामान्य रुपमा गाडीले छोयो, अस्पताल … Continue reading मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो: घटनालाई राजनीतिकरण गर्न खोजिएको ओलीको दाबी

थप पढ्नुहोस् »

खोलामा डुबेर पुरुषको मृत्यु

काठमाडौं,२१ भदौ। झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। आज दिउँसो करिब १२ः२० बजे खोलामा बग्दै गरेको देखेपछि स्थानीयवासीले उद्धार गरी बाहिर निकालेका थिए। तर, उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय … Continue reading खोलामा डुबेर पुरुषको मृत्यु

थप पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौं,२१ भदौ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय धनबहादुर स्याङ्तानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोग्य सामान किन्ने क्रममा चट्याङ परेपछि उनको ज्यान गएको प्रहरीले जनाएको … Continue reading चट्याङ लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

पहिरोले १२ राजमार्ग अवरुद्ध

काठमाडौं,२१ भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ। विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) र रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले सडकखण्ड अवरुद्ध छन्। त्यस्तै लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) मा वरुण नदीको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ। चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) र छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि … Continue reading पहिरोले १२ राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »