समाचार

सर्पले टोक्दा ४६ वर्षीय शान्तिको मृत्यु

बर्दघाट,१२ असार । सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ। नवलपरासीको ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको हो । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको … Continue reading सर्पले टोक्दा ४६ वर्षीय शान्तिको मृत्यु

थप पढ्नुहोस् »

सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल।  कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् ।  रंगिएका भवनहरूले सजिएका छन्। विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी … Continue reading सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

थप पढ्नुहोस् »

तुलसीपुरको महिला नमुना संसद: अभ्यासले नेतृत्वतर्फ डोराउँदै

उमा भण्डारी,दाङ। सार्वजनिक ठाउँमा खुलेर बोल्न नसक्ने, छेउँमा बसेका अन्य साथीको साहरामा आफ्ना कुरा राख्ने सीता राणा । अहिले उनी आफ्ना वडावासी र महिलाका विषयमा खुलस्त आवाज प्रस्तुत गर्ने सक्ने भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१७ की सीता राणाको यो परिर्वतन सामान्य लाग्न सक्छ । तर यो उनको लागि ठुलो उपलव्धी बनेको छ । आफ्नो आवाजले … Continue reading तुलसीपुरको महिला नमुना संसद: अभ्यासले नेतृत्वतर्फ डोराउँदै

थप पढ्नुहोस् »

विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइदै

दाङ,११ असार । दाङको तुलसीपुरमा विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन, दाङ) को आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको हो। भोलि (बिहिवार) तुलसीपुरको दोघरेमा एकदिने ट्राफिक सचेतना दिइन लागेको एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए। दुर्घटना … Continue reading विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइदै

थप पढ्नुहोस् »

गाजा विस्फोटमा सात इजरायली सैनिकको मृत्यु

काठमाडौं११ असार । प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स ९आईडीएफ०का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो । आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए । … Continue reading गाजा विस्फोटमा सात इजरायली सैनिकको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकी आक्रमणले इरानको परमाणु केन्द्र ध्वस्त भएको छैनः सीएनएन

काठमाडौँ,११ असार। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ । अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ । इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार … Continue reading अमेरिकी आक्रमणले इरानको परमाणु केन्द्र ध्वस्त भएको छैनः सीएनएन

थप पढ्नुहोस् »

घरायसी झगडामा जब श्रीमान्–श्रीमतीले भीरबाट हामफाले …

राप्ती, ११ असार। घरायसी विषयमा झगडा भएपछि श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् ।चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा घरायसी झगडापछि भीरबाट हाम फालेका दम्पतीमध्ये श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४२ वर्षीया कुमारी प्रजा चेपाङको घटनास्थलमै मृत्यु भएको हो । उनका ४७ वर्षीय श्रीमान् लिलाबहादुर प्रजा चेपाङ … Continue reading घरायसी झगडामा जब श्रीमान्–श्रीमतीले भीरबाट हामफाले …

थप पढ्नुहोस् »

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ,११ असार। खेल्ने क्रममा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । सेफ्टिक ट्यांकीमा खसेर रौतहटको चन्द्रपुर नगरपालिका(१० निबुवाका दुइ बालबालिकाको मृत्यु भएको हो । स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो । बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे … Continue reading सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

थप पढ्नुहोस् »

दाङका १० वटै स्थानीय तहको बजेट सार्वजनिक : करिब ८.५ अर्ब रुपैयाँ विनियोजन , (कुनको कति?)

दाङ,१० असार । दाङका १० वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका १० वटै स्थानीय तहले जम्मा करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । स्थानीय तहहरूबाट प्रस्तुत बजेटहरू विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा महिला, बालबालिका … Continue reading दाङका १० वटै स्थानीय तहको बजेट सार्वजनिक : करिब ८.५ अर्ब रुपैयाँ विनियोजन , (कुनको कति?)

थप पढ्नुहोस् »

संसदमा आजपनि राप्रपाको विरोध

काठमाडौँ,१० असार । राप्रपाले आजपनि संसदमा विरोध जारी राख्ने भएको छ । भिजिटि भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिमा असहमति राख्दै राप्रपाले आज पनि संसदमा विरोध जारी राख्ने भएको हो । प्रतिनिधि सभाको बैठकअघि बसेको संसदीय दलको बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको हो। हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति … Continue reading संसदमा आजपनि राप्रपाको विरोध

थप पढ्नुहोस् »