समाचार

३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

दाङ,१० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरबैजान एम्बेसीको आर्थिक सहयोग तथा सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहार वितरण” कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको अध्यक्षतामा तथा सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। … Continue reading ३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

थप पढ्नुहोस् »

महोत्सवमा आज कलाकारहरुको धमाकेदार प्रस्तुति रहने:यी कलाकारहरु आउदै

दाङ,१० फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १० गतेको विशेष आकर्षणका रूपमा चर्चित गायक चक्र बम, … Continue reading महोत्सवमा आज कलाकारहरुको धमाकेदार प्रस्तुति रहने:यी कलाकारहरु आउदै

थप पढ्नुहोस् »

महोत्सवमा पशुपति र हाउडे मायाले दर्शकलाइ छमछमी नचाए

दाङ,९ फागुन। यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक … Continue reading महोत्सवमा पशुपति र हाउडे मायाले दर्शकलाइ छमछमी नचाए

थप पढ्नुहोस् »

नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

दाङ,९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ । शुक्रबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे हाे प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । … Continue reading नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

थप पढ्नुहोस् »

स्थानीय उत्पादनको उज्यालो यात्रा: तुलसीपुर महोत्सवको आकर्षण

दाङ,९ फागुन । तुलसीपुरको महोत्सवको चहलपहलले महोत्सवको वातावरण तातिएको छ। महोत्सवको मुख्य ढोकाबाट भित्र पस्नेबित्तिकै स्थानीय उत्पादनले भरिएका आकर्षक स्टलहरूले स्वागत गर्छन्। विभिन्न रंगका फूलका गमला, छालाका जुत्ता, बाँसका हस्तकला सामग्री, हसिया(हथौडासहित स्थानीय उत्पादनको सुगन्धले महोत्सवलाई भव्य बनाएको छ। रैथाने कोसेली घर स्टलभित्र छिर्दा झन् आकर्षण थपिन्छ। बाँसबाट बनाइएका साना(ठूला टोकरीहरू, काँस र मुजबाट निर्मित … Continue reading स्थानीय उत्पादनको उज्यालो यात्रा: तुलसीपुर महोत्सवको आकर्षण

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै

दाङ,९ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा, गायिका सिर्जना खत्री “हाउडे माया”, उषा दशौंदी लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहने भएको छ। साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले महोत्सव झनै आकर्षक बन्ने अपेक्षा गरिएको छ। “आजको दिन पशुपति शर्मा, सिर्जना खत्री, उषा दशौंदी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्, जसले दर्शकलाई … Continue reading तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

दाङ,९ फागुन । धानको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चामेखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन् । तुलसीपुर उपमहानगरपालिका-८ निवासी १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ निवासी ५४ वर्षीय … Continue reading मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

थप पढ्नुहोस् »

रचनाको प्रस्तुतिमा उत्साहको माहोल

दाङ, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो। सम्झिने पानी छम्किने…फोटो फ्रेममा ..लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू … Continue reading रचनाको प्रस्तुतिमा उत्साहको माहोल

थप पढ्नुहोस् »

प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न संकायका अध्ययनरत विद्यार्थीहरूले न्यायको माग गर्दै सडक र्याली गरेका छन् । भारतको ओडिसामा रहेकाे कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटि) को छात्राबासमा मृत भेटिएकी नेपाली … Continue reading प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

थप पढ्नुहोस् »

भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी, ८ फागुन । बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ चौकी फर्कने क्रममा शैल्यशिखर नगरपालिका–१, बारिलस्थित आफ्नो घरबाट हिँड्दा भिरालो बाटोमा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका खडायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको … Continue reading भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

थप पढ्नुहोस् »