समाचार

बबई नदीमा डुबेर एक वृद्धको मृत्यु

दाङ, २१ माघ – बबई नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका–६ का ७८ वर्षीय कुशल खड्काको नदीमा डुबेर मृत्यु भएको हो। हिजो साँझ करिब ६:३० बजे बबई गाउँपालिका–७ स्थित बबई नदीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय खिलतपुरलाई खबर गरेका थिए। घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक खिम बहादुर खड्काले … Continue reading बबई नदीमा डुबेर एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सक्छौं:देउवा

काठमाडौं,२१ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सकिने बताएका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले एकताबद्ध हुनुपर्नेमा जोड दिए। अहिलेको समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका … Continue reading एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सक्छौं:देउवा

थप पढ्नुहोस् »

क्यान्सरबाट जोगाउन छोरीहरुलाइ एचपिभी खोप लगाइदै

माघ २२, दाङ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर)बाट जोगाउन दाङको तुलसीपुरमा एचपिभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ। माघ २२ गतेदेखी फागुन ६ गतेसम्म उपमहानगरपालिकाका १९ वटै वडाका विद्यालय तथा समुदायस्तरमा यो अभियान सन्चालन हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ। एचपीभी खोप अभियान २०८१ को अभियानका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना … Continue reading क्यान्सरबाट जोगाउन छोरीहरुलाइ एचपिभी खोप लगाइदै

थप पढ्नुहोस् »

तुलसीपुरमा फागुन १ गतेदेखि महोत्सव संचालन हुने

दाङ, २० माघ । दाङको तुलसीपुर महोत्सव हुने भएको छ ।   तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो ।  चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन  प्रबर्द्धन  र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी … Continue reading तुलसीपुरमा फागुन १ गतेदेखि महोत्सव संचालन हुने

थप पढ्नुहोस् »

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

माघ १९, दाङ – दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। दाङका विभिन्न विद्यालयका विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा ५६ टिमलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयका कक्षा १२ का दिपक कुमार राणा र लेजिङ डाँगीले उत्कृष्ट प्रदर्शन गर्दै … Continue reading जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

थप पढ्नुहोस् »

अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु

दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले गरेकी थिइन्। कार्यक्रममा बोल्दै वलीले खेलकुद संविधानमा उल्लेखित … Continue reading अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु

थप पढ्नुहोस् »

युनियनको बार्षिक साधारण सभा : सामाजिक संजाल नियत्रण गर्ने बिधेयक फिर्ताहुनु पर्छ :  पोख्रेल

दाङ , १८ माघ ।नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै पोख्रेलले नागरीकलाइ सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्ने भन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएकोले खारेजी हुनु पर्ने … Continue reading युनियनको बार्षिक साधारण सभा : सामाजिक संजाल नियत्रण गर्ने बिधेयक फिर्ताहुनु पर्छ :  पोख्रेल

थप पढ्नुहोस् »

‘हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जानु पर्दैन’:मुख्यमन्त्री आचार्य

रुपन्देही,१८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपनाको आवश्यकता नपर्ने बताएका छन्। न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवल–११ को ३५औं वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताउँदै नवप्रवर्तन (इनोभेसन) को क्षेत्रमा काम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। मुख्यमन्त्री आचार्यले भने, “विद्यार्थीहरूले हरेक क्षेत्रमा उत्कृष्टता … Continue reading ‘हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जानु पर्दैन’:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

दाङमा करेन्ट लाग्दा एक जना घाइते

दाङ, १८ माघ । दाङको दंगिशरण गाउँपालिका–५ डाँडाचिसमा करेन्ट लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा ३५ वर्षीय चोसिला बस्नेत रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता सूर्य रानाका अनुसार बस्नेत आज बिहान बारीमा लिपलिपे रुखको घाँस काट्ने क्रममा दुर्घटनामा परेका हुन्। रुखको हाँगा नजिकैको बोरिङको मेन लाइनमा छोएपछि उनलाई करेन्ट … Continue reading दाङमा करेन्ट लाग्दा एक जना घाइते

थप पढ्नुहोस् »

कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा वितरण

दाङ,१८ माघ। तुलसीपुरमा कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा कुपोषित बालबालिकालाई लक्षित गर्दै पोषणयुक्त आहारा वितरण गरिएको हो। अजरबैजान दूतावासको आर्थिक सहयोग, सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। वितरण कार्यक्रममा २ वर्ष मुनिका कुपोषित बालबालिका र तिनका आमाहरूलाई पोषणयुक्त सामग्री प्रदान … Continue reading कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा वितरण

थप पढ्नुहोस् »