समाचार

प्रज्ञा प्रतिष्ठानको बिधयेक अघि बढाउने तयारी छ: मुख्यमन्त्री आचार्य

दाङ,९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठानको विधेयक अगाडि बढाउने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रतिष्ठान गठनलागी बिधयेक अगाडि तयारी भएको बताएका हुन् । ‘मेरो रुचिको विषय पनि हो । साथीहरुसँग सरसल्लाह पनि गरेको छु । प्रदेश … Continue reading प्रज्ञा प्रतिष्ठानको बिधयेक अघि बढाउने तयारी छ: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

हिमपातपछि जनजीवन प्रभावित

हुम्ला,९ पुस। हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित बनेको । सोमबार दिउँसोसम्म मौसम सफा रहेको हुम्लामा रातीदेखि हिमपात सुरु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। दुई इञ्चसम्म हिउँ जमेको र उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको उनलेबताए। उनका अनुसार हिमपात भएसंगै जिल्लामा चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात … Continue reading हिमपातपछि जनजीवन प्रभावित

थप पढ्नुहोस् »

आजदेखि रवि लामिछानेको थुनछेक बहस

कास्की,९ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजदेखि थुनछेक बहस सुरु भएको छ । सांसद पदबाट समेत निलम्बनमा परेका लामिछानेविरुद्ध मुद्दा दर्ता भएसँगै मंगलवारदेखि थुनछेक वहस हुने भएको छ । थुनछेक वहसका लागि लामिछानेलाई सोमवार नै अदालतमा लगिए पनि पालो नआएका कारण उनको वयान हुन सकेको थिएन । हिजो उनी संघीय संसदको … Continue reading आजदेखि रवि लामिछानेको थुनछेक बहस

थप पढ्नुहोस् »

पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौँ,९ पुस । नेपालबाट पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक र मंसिरमा नेपाल विद्युत प्राधिकरणले १ अर्ब ६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा देशभर खपत गरी अतिरिक्त भएको वर्षायामको उक्त युनिट बिजलुी निर्यात गरेको प्राधिकरणले बताएको छ … Continue reading पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली निर्यात

थप पढ्नुहोस् »

विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

दाङ,८ पुस। नमुना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्तर्गत परियोजना कार्य सम्पन्न गरेका छन्। शिक्षक कृष्ण अधिकारीको नेतृत्वमा विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन गरेका थिए। अवलोकनका क्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी तथ्याङ्क संकलन गर्नुका साथै वडाबाट जनतामा प्रवाहित हुने सेवा सुविधाबारे विभिन्न जिज्ञासाहरू … Continue reading विद्यार्थीहरूद्वारा परियोजना कार्य सम्पन्न: स्वास्थ्य चौकी र वडा कार्यालयको अवलोकन

थप पढ्नुहोस् »

गाउँका उद्यमीलाई शहरसँग जोडौं: पूर्व मुख्यमन्त्री चौधरी

दाङ,८ पुस। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले साना उद्यमीहरुलाइ शहरसंग जोडेर लैजानुपर्ने बताएका छन् । गाउंमा रहेका साना उद्योगहरुलाइ व्यावसायिक बनाउनका लागि शहरसंग जोड्ने खालको रणनीति बनाउनुपर्ने उनले बताएका हुन् । तुलसीपुरमा आज सोमबारदेखि सुरु भएको २ महिने ब्युटिसियन तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिपलाइ उद्यमशीलतामा परिणत गर्नेखालको नीति … Continue reading गाउँका उद्यमीलाई शहरसँग जोडौं: पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान

दाङ,८ पुस । दाङको घोराही स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई पुरस्कृत र सम्मान गरेको छ। गत साता घोराही नगर प्याब्सनको आयोजनामा नवलपुरमा भएको नगर प्याब्सन रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । घोराही नगर प्याब्सनको आयोजनमा घोराहीको नवलपुरमा भएको प्रतियोति तर्फ ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही छात्रा तर्फ … Continue reading उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान

थप पढ्नुहोस् »

तीनघण्टा हिडेर स्वास्थ्य शिविरमा…

उमा भण्डारी ,८ पुस। समय-समयमा उपचार गराउनु त पर को कुरा। बिरामी भएर थलिदा समेत अस्पताल पुग्ने अवस्था छैन । घण्टौ सम्मको पैदलयात्राले अस्पताल पुग्नुपर्ने बाध्यता बबई १ का बासिन्दामा रहेको छ। अस्पताल जान खोज्यो न सजिलै यातायात पाइन्छ । न बाटो नै सहज छ। स्वास्थ, शिक्षा खानेपानी जस्ता आधारभुत सेवाबाट समेत बन्चित रहेका नागरिकहरु … Continue reading तीनघण्टा हिडेर स्वास्थ्य शिविरमा…

थप पढ्नुहोस् »

सुनवलमा बस दुर्घटना हुँदा १७ जना घाइते,१३ को अवस्था गम्भीर

बर्दघाट,५ पुस । सुनवलको ज्यामिरेमा भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। बस र ट्रक एकआपसमा ठोकिँदा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाटबाट बुटवलतर्फ गइरहेको लु १ ख ९४६७ नम्बरको माइक्रोबसले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको सुदूरपश्चिम … Continue reading सुनवलमा बस दुर्घटना हुँदा १७ जना घाइते,१३ को अवस्था गम्भीर

थप पढ्नुहोस् »

दङ्गीशरणमा कारले ठक्कर दिँदा दुईजना घाइते

दाङ, ४ पुस । पश्चिम दाङको दङ्गीशरणमा कारको चक्करबाट दुईजना घाइते भएका छन्। मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन्। तुलसीपुर-हापुरे सडकखण्ड अन्तर्गत दंगिशरण गाउँपालिका- ६ बागरमा बुधबार दिउँसो एचआर २६ बिबि ७२६४ नम्बरको कारले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प ४७०७ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो । … Continue reading दङ्गीशरणमा कारले ठक्कर दिँदा दुईजना घाइते

थप पढ्नुहोस् »