समाचार

दाङमा जबरजस्तीकरणीको अभियोगमा एकजना पक्राउ

दाङ,२३ भदौ । दाङमा जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका १ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी … Continue reading दाङमा जबरजस्तीकरणीको अभियोगमा एकजना पक्राउ

थप पढ्नुहोस् »

राष्ट्र बैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्दै

काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट एक खर्ब रूपैयाँ तान्न लागेको हो। बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम तान्न लागेको छ। यही १९ भदौ गते मात्रै राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब … Continue reading राष्ट्र बैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्दै

थप पढ्नुहोस् »

किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दुधमा दिदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘साथिहरुले … Continue reading किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

जन्मदिनमा किवानिजको रक्तदान

दाङ, २२ भदौ । किवानिज क्लबअफ तुलसीपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।सामाजिक सेवामा सक्रिय रहदै आएको क्लबले संस्थाका सदस्य सैलेन्द्र कुमार ओलिको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । किवानिज क्लब अफ तुलसीपुरका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा डिभिजन ५ एलटी गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम गरिएको हो। कार्यकममा प्रमुख अतिथि रावतले जन्मदिनलाई … Continue reading जन्मदिनमा किवानिजको रक्तदान

थप पढ्नुहोस् »

वायु प्रदुषणसम्बन्धि निति बनाइने छ:उपसभामुख राना

काठमाडौं,२२ भदौ । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् । उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् … Continue reading वायु प्रदुषणसम्बन्धि निति बनाइने छ:उपसभामुख राना

थप पढ्नुहोस् »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो । यो सुनिश्चितता पछि प्रतिस्ठानले पढाई पनि सुरु गर्ने तयारी गरिएको छ । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

थप पढ्नुहोस् »

आज हरितालिका तीज

दाङ,२१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज  महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।    तीजको दिन बिहानैदेखि शिवालय र धार्मिक स्थल भक्तजनले भरिभराउ भएका छन ।  पशुपतिनाथ मन्दिरमा ब्रतालुहरू बर्षा भएपनि … Continue reading आज हरितालिका तीज

थप पढ्नुहोस् »

मानवताको काममा सहकार्य गरौ : पूर्व मुख्यमन्त्री चौधरी

दाङ, १९ भदौ ।लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले बताए । मानवता हराउन लागेको आभास भयो पूर्व मुख्यमन्त्री चौधरीले भने, तन मन र धन लगाएर सबै रेडक्रस अभियान सफल पारौ, अनि मानवता जिवित रहन्छ … Continue reading मानवताको काममा सहकार्य गरौ : पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

बदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

दाङ,१९ भदौ। दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं। ७ मलईका ३५ बर्षिय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेर घाइते बनाएको हो । बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा आक्रमण गरेको हो । बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरलाई राप्ती प्रादेशिक अस्पताल … Continue reading बदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

थप पढ्नुहोस् »

बाख्रापालन तालिम

दाङ,१९ भदौ । दाङको तुलसीपुरमा तीन दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। शाखा कार्यालय तुलसीपुरको आयोजनामा भदौ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न केन्द्रका ३८ जना महिलाहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम व्यवस्थापन मिन बहादुर हमाल, क्षेत्रीय … Continue reading बाख्रापालन तालिम

थप पढ्नुहोस् »