समाचार

पहिलोपटक १ खर्ब रुपैयाँ बढीको वस्तु निर्यात

काठमाडौं । नेपालबाट विदेश निर्यात पहिलोपटक एकै वर्षमा १ खर्बभन्दा बढी पुगेको छ। अहिलेसम्म कुनै आर्थिक वर्षमा पनि १ खर्ब रुपैयाँबराबरको वस्तु विदेश निर्यात हुन नसकेकोमा चालू आर्थिक वर्षको १० महिना अवधिमा नै १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को दश महिनामा कुल … Continue reading पहिलोपटक १ खर्ब रुपैयाँ बढीको वस्तु निर्यात

थप पढ्नुहोस् »

दाङमा अझै ४ सय सक्रिय संक्रमीत , आज मात्र ८६ जना संक्रमणमुक्त

दाङ। दाङमा आज पनि कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार जिल्लामा ५२ जनामा संक्रमण देखिदा ८६ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १ सय जनामा परिक्षण गर्दा १७ महिला र ३५ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ । आज थपिएका … Continue reading दाङमा अझै ४ सय सक्रिय संक्रमीत , आज मात्र ८६ जना संक्रमणमुक्त

थप पढ्नुहोस् »

यो हप्ताभरि नै मनसुन सक्रिय रहने

दाङ। यो हप्ताभरि नै मनसुन सक्रिय रहने मौसमविद्ले बताएका छन् । यही २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश १ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको छ । यो बिस्तारै देशभर फैलिने … Continue reading यो हप्ताभरि नै मनसुन सक्रिय रहने

थप पढ्नुहोस् »

मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने

काठमाण्डाै । यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया जुन १० तारिखमा भित्रिने मनसुन यसपालि एक दिन ढिला गरी भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन … Continue reading मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने

थप पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ … Continue reading गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

थप पढ्नुहोस् »

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश तत्कालको लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता … Continue reading नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

थप पढ्नुहोस् »

पूर्वबाट मनसुन प्रवेश गर्दै

काठमाण्डाै । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षा केही बढ्न थालेको र आउँदाे हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलाे वर्षासमेत हुने जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायुको … Continue reading पूर्वबाट मनसुन प्रवेश गर्दै

थप पढ्नुहोस् »

बङ्गलादेशबाट आइपुग्याे ३२ हजार ५ सय मेट्रिक टन मल

काठमाण्डाै । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा ती परिमाणमा युरिया मल आइपुगेको हो ।    जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये … Continue reading बङ्गलादेशबाट आइपुग्याे ३२ हजार ५ सय मेट्रिक टन मल

थप पढ्नुहोस् »

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै वर्षाका कारण केही … Continue reading भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

थप पढ्नुहोस् »

सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधि सभा विघटनकाे कारण

काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रतिनिधि सभाका एक सय ४६ सांसदले संविधानकाे धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न, प्रतिनिधि सभा विघटन बदर गर्न, चुनाव कार्यक्रम अगाडि नबढाउन अन्तरिम आदेश माग … Continue reading सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधि सभा विघटनकाे कारण

थप पढ्नुहोस् »