समाचार

त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ ।  त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो ।  त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ । मंगलबार त्रिवि सूचना तथा … Continue reading त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने

थप पढ्नुहोस् »

तुलसीपुरमा ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। तुलसीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु … Continue reading तुलसीपुरमा ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

थप पढ्नुहोस् »

दाङमा कुलोमा डुबेर एक जनाको ज्यान गयो

दाङ। दाङमा कुलोमा डुबेर एक जनाको ज्यान गएको छ । आइतबार राती कुलोमा डुबेर लमही नगरपालिका वडा नं. २ बनकट्टा निवासी अन्दाजी ३० वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप ‘टिकटक’ मा खाता खाेल्नुभएकाे छ ।   प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता ‘भेरिफाइड’ समेत भइसकेकाे छ । 

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पतालको प्रमुखमा डा. विनोद सिंह नियुक्त

दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. विनोद सिंह नियुक्त भएका छन् । अस्पतालका प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय मुकाम बुटवले रिक्त रहेको पदमा डा. सिंहलाई नियुक्त गरेको हो । डा. शर्माले गएको बिहीबार राजीनामा दिएका थिए । प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. … Continue reading राप्ती प्रादेशिक अस्पतालको प्रमुखमा डा. विनोद सिंह नियुक्त

थप पढ्नुहोस् »

सुनको भाउ घटेर तोलाको ९० हजारमा झर्यो, अझै घट्न सक्ने

काठमाण्डाै । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महांसघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस आज १७ सय ७२ डलर छ । सुनको … Continue reading सुनको भाउ घटेर तोलाको ९० हजारमा झर्यो, अझै घट्न सक्ने

थप पढ्नुहोस् »

दाङको बेलझुण्डीमा ६९ बर्षीय संक्रमित महिलाको ज्यान गयो

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमित महिलाको ज्यान गएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आइतबार दिउँसो १:३० बजे घोराही उपमहानगरपालिका १० का ६९ बर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।उक्त अस्पतालमा हिजो मात्र पनि एक पुरुष संक्रमितको कोरोना संक्रमणबाट ज्यान गयको थियो ।

थप पढ्नुहोस् »

स्मिथको लगातार दोस्रो शतक

दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए । यस्तै डेविड वार्नरले ८३, … Continue reading स्मिथको लगातार दोस्रो शतक

थप पढ्नुहोस् »

कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

कोरोना संक्रमण मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन्। बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण मुक्त भएका तीनै खेलाडी आइतबारबाट बन्द प्रशिक्षणमा सहभागी भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यस्तै … Continue reading कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

थप पढ्नुहोस् »

चीनका रक्षामन्त्री काठमाण्डौमा

काठमाण्डाै । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुग्नुभएको छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आउनुभएको हो । एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका रक्षामन्त्री वेई विमानस्थलबाट बालुवाटारमा रहेको चिनियाँ दूतावास पुग्नुभएको छ । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाण्डौ आएका चिनियाँ रक्षामन्त्री ८ घण्टा बस्ने कार्यक्रम … Continue reading चीनका रक्षामन्त्री काठमाण्डौमा

थप पढ्नुहोस् »