समाचार

सगरमाथाको उचाई बढ्यो

दाङ। सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए । बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन् … Continue reading सगरमाथाको उचाई बढ्यो

थप पढ्नुहोस् »

छोराको जन्मदिनमा आमाद्वारा फलफूल वितरण

दाङ । छोराको जन्मदिनको अवसर पारेर आमाले बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको छ । हाल अस्ट्रेलियामा रहेका छोरा श्रवण न्यौपानेको २४ औ जन्मदिनको अवसर पारेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बुधबार साझ आमा गौरा न्यौपानेले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको हो । फलफूल पाएपछि खुसी हुँदै बिरामीहरूले श्रवणलाई जन्मदिनको शुभकामना तथा आशिर्वाद दिएका थिए । जन्मदिनमा … Continue reading छोराको जन्मदिनमा आमाद्वारा फलफूल वितरण

थप पढ्नुहोस् »

देशभर ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ मा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ … Continue reading देशभर ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ मा कोरोना पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुरकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो

दाङ । कोरोना भाइरसबाट संक्रमित तुलसीपुरकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप पढ्नुहोस् »

दाङमा भरुवा बन्दुक सहित हातहतियार बरामद

दाङ। दाङमा भरुवा बन्दुक सहित हातहतियार बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले लुकाइछिपाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद गरेको छ । गढवा गाउँपालिका वडा नम्बर … Continue reading दाङमा भरुवा बन्दुक सहित हातहतियार बरामद

थप पढ्नुहोस् »

दाङमा आफ्नै ८४ वर्षीय हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

दाङ। दाङमा आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ परेका छन । दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट हजुरआमा लाई हत्या गरेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो … Continue reading दाङमा आफ्नै ८४ वर्षीय हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

थप पढ्नुहोस् »

नेपालकी चेली बीबीसीको प्रभावशाली महिलाको सुचीमा

काठमाण्डौ । नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ ।  म्याग्दी घर भएकि १८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आउनु भएको छ । बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको हो । बीबीसीले समाजमा योगदान पुर्याएका, … Continue reading नेपालकी चेली बीबीसीको प्रभावशाली महिलाको सुचीमा

थप पढ्नुहोस् »

दाङमा झन्डै डेढ लाख सहित ७ जुवाडे पक्राउ

दाङ। दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ । लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्णबहादुर राना, यमबहादुर राना, रुपेश आले, एडिस मिया र चुमानसिंह सुनार रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एक लाख … Continue reading दाङमा झन्डै डेढ लाख सहित ७ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

नेपालमा २ लाख बढीले कोरोना जिते

काठमाण्डाै । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै … Continue reading नेपालमा २ लाख बढीले कोरोना जिते

थप पढ्नुहोस् »

दाङमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत अमरराज शर्माले जारी गरेको सूचनामा यही मंसिर ७ गतेदेखि अर्को सूचना नभएसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिवन्ध लगाएको जनाइएको छ । विज्ञप्तिमा जिल्लामा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा रहेको बस्तुको नापजाँच भइरहेकाले उत्खनन् … Continue reading दाङमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध

थप पढ्नुहोस् »