समाचार

दाङमा पहिलोपटक हार्टअट्याक उपचार सेवा सुरु

दाङ,१८ वेशाख। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुई बिरामीको सफल एन्जियोप्लाष्टि गरेको हो। जिल्लामै पहिलोपटक सुरु गरिएको यस सेवाले अब हृदयघात ९हार्टअट्याक० भएका बिरामीलाई बाहिर जानु नपरी दाङमै उपचार सम्भव … Continue reading दाङमा पहिलोपटक हार्टअट्याक उपचार सेवा सुरु

थप पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

दाङ,१८वैशाख । दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । वैशाख १६ गते राति करिब १० बजेको समयमा नम्बर नखुलेको मोटरसाईलले ठक्कर दिदा अन्दाजी ६० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको … Continue reading मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

भट्ट संलग्न ८ बीमा कम्पनीमाथि छानबिन

काठमाडौ,१८ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसँग जोडिएका आठ बीमा कम्पनीमा गरिएको लगानीमाथि छानबिन सुरु गरेको छ। भट्टसँग सम्बन्धित माइक्रो इन्स्योरेन्स तथा पुनर्बीमा कम्पनीहरूमा गरिएको लगानीको स्रोत, प्रक्रिया र सम्भावित मिलेमतोबारे अनुसन्धान अघि बढाइएको हो। विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, … Continue reading भट्ट संलग्न ८ बीमा कम्पनीमाथि छानबिन

थप पढ्नुहोस् »

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सातजना पक्राउ

काठमाडौ,१८ वैशाख । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जापान, कोरिया, अमेरिका लगायत देशमा राम्रो तलबको काम दिलाइदिने भन्दै ४५ जनाबाट करिब ३ करोड १४ लाख रुपैयाँ ठगी गरिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुरज लिम्बू, कमलबहादुर मगर, सागर शेर्पा, विनोद थापा, सूर्यप्रसाद कोइराला, … Continue reading विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सातजना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुर-७ मा वडाकप हुँदै

दाङ,१८ वैशाख । तुलसीपुर उपमहानगरपालिका–७ को आयोजनामा ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। वैशाख २९ देखि ३१ गतेसम्म थारु गैरा खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ।वडा कार्यालयका अनुसार सहभागी हुन इच्छुक टोलीहरूले वैशाख २१ देखि २५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। दर्ताका लागि नागरिकता, जन्मदर्ता र बसाइँसराइसम्बन्धी कागजात अनिवार्य पेश गर्नुपर्नेछ। प्रतियोगितामा वडा नं. ७ … Continue reading तुलसीपुर-७ मा वडाकप हुँदै

थप पढ्नुहोस् »

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौ,१८ वैशाख । आज नेपालसहित विश्वभर अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ। यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ। नेपालमा … Continue reading आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

थप पढ्नुहोस् »

जलजला जिप दुर्घटना अपडेटः १७ जनाको मृत्यु

रोल्पा, १७ वैशाख । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप कच्ची सडकबाट भिरमा करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको छ भने अन्यको उद्धार कार्य जारी रहेको … Continue reading जलजला जिप दुर्घटना अपडेटः १७ जनाको मृत्यु

थप पढ्नुहोस् »

विद्यालय शिक्षा सुधारमा सहकार्य गर्न फिनल्यान्डलाई मन्त्री सस्मितको प्रस्ताव

काठमाडौ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तारको प्रस्ताव गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच भएको भेटमा विद्यालय शिक्षा सुधारको विषयमा चासो देखिाइएको हो । भेटका क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्दै नेपालको विद्यालय शिक्षा … Continue reading विद्यालय शिक्षा सुधारमा सहकार्य गर्न फिनल्यान्डलाई मन्त्री सस्मितको प्रस्ताव

थप पढ्नुहोस् »

कपिलवस्तुमा बस दुर्घटनाः १९ जना घाइते

दाङ, १७ वैशाख । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बिहिबार दिउँसो कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा लु १ ख ८७९४ नम्बरको बस दुर्घटनामा परेको हो। तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये ६ … Continue reading कपिलवस्तुमा बस दुर्घटनाः १९ जना घाइते

थप पढ्नुहोस् »

सहकारी संशोधन अध्यादेश जारी

दाङ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरिएको हो। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको जनाइएको छ। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान तथा कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको हो।

थप पढ्नुहोस् »