समाचार

क्यानले घटायो टिकट मूल्य

काठमाडौ,२१वैशाख ।नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ। सोमबार (वैशाख २१) जारी सूचनाअनुसार मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका लागि प्रतिटिकट २०० रुपैयाँ कायम गरिएको छ। यसअघि टिकट मूल्य ४०० रुपैयाँ रहेको थियो। लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा … Continue reading क्यानले घटायो टिकट मूल्य

थप पढ्नुहोस् »

दुबईमा अलपत्र परेकी युवतीको उद्दार

काठमाडौ,२१ वैशाख । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अनेकौँ दुःख, यातना र ठगीको शिकार बनेर अन्ततः स्वदेश फर्किएकी छन्। घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घरधनीबाट सहन नसकिने मानसिक यातना भोग्नुपरेपछि त्यहाँबाट भाग्न बाध्य भएकी थिइन्। तर, घरबाट भागेपछि सहयोग पाउने आशामा परेकी उनी उल्टै नक्कली संस्थाको ठगी जालमा फसिन्। … Continue reading दुबईमा अलपत्र परेकी युवतीको उद्दार

थप पढ्नुहोस् »

सुदूरपश्चिममा चार घण्टादेखि निरन्तर वर्षा

काठमाडौ,२१ वैशाख । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। बिहान करिब ५ बजेदेखि सुरु भएको पानी अझै जारी रहेको छ भने कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ। निरन्तर वर्षाका कारण खेतबारीमा पानी जम्न थालेको छ भने मौसममा चिसोपन पनि बढेको स्थानीयले महसुस गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान … Continue reading सुदूरपश्चिममा चार घण्टादेखि निरन्तर वर्षा

थप पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ,२१ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने तय भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टीले सञ्चालन गरेको एक महिने ‘जरा अभियान’ र क्रियाशील सदस्यता अद्यावधिकको … Continue reading कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

काठमाडौ,२०वैशाख। सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएको ८ तले घरका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट तथा हतियारजस्ता देखिने सामग्री फेला परेका छन्। ती सामग्रीबारे अनुसन्धान तथा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो। यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भने चाम्लिङलाई … Continue reading चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

थप पढ्नुहोस् »

बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

काठमाडौ,२० वैशाख । बोक्सीको आरोप लगाउदै एक महिलामाथि अमानवीय गरिएको छ। रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोप लगाउँदै ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले जबर्जस्ती मानव मल मूत्र खुवाएको आरोप लागेको छ। घटनाका अनुसार छिमेकी पुकार माझीको घरमा विवाहका लागि आएका जन्तीमा सहभागी एक १० वर्षीय बालक बिरामी भएपछि उनलाई जादू … Continue reading बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

थप पढ्नुहोस् »

लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

काठमाडौ,२० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा आएका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै महिला तथा किशोरीमाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ। दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको … Continue reading लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

थप पढ्नुहोस् »

वर्तमान सरकार विवेकहीन: सिके राउत

काठमाडौ,२० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई कार्यशैली तत्काल सच्याउन चेतावनी दिएका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विकासलाई केवल सडक र पूर्वाधारमा सीमित नगरी नागरिकको गाँस, बास र आधारभूत आवश्यकतासँग जोड्नुपर्ने बताएका छन्। राउतले वर्तमान नेतृत्वलाई लोकप्रियतावादी र विवेकहीन भन्दै सामाजिक सञ्जालको लाइक–कमेण्टका आधारमा निर्णय लिइँदा मानवीय संवेदना … Continue reading वर्तमान सरकार विवेकहीन: सिके राउत

थप पढ्नुहोस् »

भालुवाङ–प्युठान सडक पहिरोले अवरुद्ध

दाङ,२०वैशाख । पहिरोका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सरुमारानी गाउँपालिका–४ खहरे खोलामा आइतबार बिहान करिब ५ बजेतिर परेको वर्षापछि माथिबाट माटो र ढुङ्गासहितको पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ। पहिरोका कारण उक्त सडक हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रुहरू बीचमै रोकिएका छन् भने स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। प्रहरीका अनुसार … Continue reading भालुवाङ–प्युठान सडक पहिरोले अवरुद्ध

थप पढ्नुहोस् »

अष्ट्रेलियामा तीनजनाको हत्या

काठमाडौ,२० वैशाख ।अस्ट्रेलियाको सिड्नीस्थित दक्षिणपश्चिम क्षेत्रमा एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर टाढा रहेको रोजमेडो क्षेत्रमा घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुग्दा करिब ६० वर्षकी महिला र २० वर्षका एक पुरुष मृत अवस्थामा भेटिएका थिए। गम्भीर घाइते भएका ६४ वर्षका … Continue reading अष्ट्रेलियामा तीनजनाको हत्या

थप पढ्नुहोस् »