समाचार

संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्तासँग परामर्श गर्दै

काठमाडौ,२३ वैशाख। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम तय गरिएको हो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरूसँग संविधान संशोधनका विविध विषयमा छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट … Continue reading संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधिवक्तासँग परामर्श गर्दै

थप पढ्नुहोस् »

१८ सवारीसाधन नियन्त्रण, १२ फरार प्रतिवादी पक्राउ

दाङ,२३ वैशाख । दाङ प्रहरीले एकसाताको अवधिमा १८ सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले वैशाख १५ गतेदेखि २१ गतेसम्मको अवधिमा २ वटा जेसिबी, ६ वटा टिप्पर र १० वटा ट्याक्टर गरी जम्मा १८ सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार नियन्त्रणमा लिइएका … Continue reading १८ सवारीसाधन नियन्त्रण, १२ फरार प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »

कमर्शल कम्प्लेक्समा आगलागीः आठजनाको मृत्यु,३६ घाइते

काठमाठौ, २३ वैशाख। अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा पर्ने अन्डिशे सहरस्थित उक्त कम्प्लेक्समा आगालागी भएको हो । सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार आगलागीबाट ठूलो मानवीय क्षति भएको हो। उक्त बहुउद्देश्यीय भवनमा २५० भन्दा बढी व्यापारिक एकाइ … Continue reading कमर्शल कम्प्लेक्समा आगलागीः आठजनाको मृत्यु,३६ घाइते

थप पढ्नुहोस् »

एकैदिन सुनमा प्रतितोला ५ हजार ८सय रुपैयाँ वृद्धि

दाङ,२३ वैशाख। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि रूपमा बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले उकालो लाग्दा चाँदी पनि १७५ रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार भने सुनको भाउ २ लाख ९१ … Continue reading एकैदिन सुनमा प्रतितोला ५ हजार ८सय रुपैयाँ वृद्धि

थप पढ्नुहोस् »

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

काठमाडौ,२२वैशाख । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पहिरो जाँदा स्काभेटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–७ टाडीगाउँमा सडक खन्ने क्रममा माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिदा चालकको मृत्यु भएको हो मृत्यु हुनेम स्काभेटर चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्मालीको रहेको प्रहरीले जनाएको छ।

थप पढ्नुहोस् »

रूपन्देहीको घमाहा खोलाको पुल भासियोः वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

दाङ,२२ वेशाख। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–५ स्थित घमाहा खोलामा रहेको पुल भासिएको छ। मंगलबार दिउँसो निर्माणाधीन सडक खण्डमा पर्ने उक्त पुल भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पुल मर्मतमा ३ दिनदेखि एक सातासम्म समय लाग्न सक्छ। हाल वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। सैनामैना–४ लुम्बिनी रोडको कुश्मा … Continue reading रूपन्देहीको घमाहा खोलाको पुल भासियोः वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

थप पढ्नुहोस् »

ओमानविरुद्ध नेपालको जित

काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा १ बल बाँकी छँदै २५६ रन बनाएर अलआउट भयो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको योगदान दिए। ओमानका नदीम खानले ३ विकेट लिए। … Continue reading ओमानविरुद्ध नेपालको जित

थप पढ्नुहोस् »

राष्ट्रपतिबाट संवैधानिक परिषद् अध्यादेश पारित

काठमाडौ,२२ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ मंगलबार प्रमाणीकरण गरेका छन्। यसअघि सरकारले प्रमाणीकरणका लागि पठाएका आठ अध्यादेशमध्ये सातलाई राष्ट्रपतिले स्वीकृति दिएका थिए भने ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले सोही अध्यादेशलाई यथावत् पुनः प्रमाणीकरणका लागि सिफारिस गरेपछि राष्ट्रपतिले अन्ततः उक्त अध्यादेश स्वीकृत गरेका … Continue reading राष्ट्रपतिबाट संवैधानिक परिषद् अध्यादेश पारित

थप पढ्नुहोस् »

राखेपका १९ पदाधिकारी पदमुक्त(सूचीसहित)

दाङ,२२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको दफा(२)को उपदफा(१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीहरू पदमुक्त भएका हुन् । वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्। पदमुक्त भएका पदाधिकारीहरुको नामावली विवरण यसप्रकार छ:

थप पढ्नुहोस् »

टिकटकमा खुकुरी देखाउँदै भिडियो राख्ने दुई युवा पक्राउ

दाङ,२२ वैशाख । टिकटकमा खुकुरी समातेको भिडियो पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। प्रहरीका अनुसार कुमालले ‘अजय मगर’ र खटिकले ‘अनिल सोनखर’ नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो सार्वजनिक गरेका थिए। जिल्ला प्रहरी कार्यालयका … Continue reading टिकटकमा खुकुरी देखाउँदै भिडियो राख्ने दुई युवा पक्राउ

थप पढ्नुहोस् »