समाचार

सुकुम्बासीमाथिको डोजर आतंक बन्द गर: नेकपा माओवादी दाङ

दाङ, २० वैशाख। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर आतंकको विरोध गरेको छ।पार्टीको जिल्ला समितिले जारी गरेको वक्तव्यमा वैकल्पिक व्यवस्था नगरी घर भत्काउने कार्यले न्यूनतम मानवीय अधिकारसमेत उल्लङ्घन गरेको आरोप लगाइएको छ। देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रम बढ्दै गएको र त्यसकै प्रभाव दाङमा पनि पर्ने भन्दै सर्वसाधारणमा त्रास फैलिएको … Continue reading सुकुम्बासीमाथिको डोजर आतंक बन्द गर: नेकपा माओवादी दाङ

थप पढ्नुहोस् »

सुन घट्यो, चाँदीको भाउ बढ्यो

दाङ,२० वैशाख । नेपाली बजारमा आइतबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले घटेको हो भने चाँदी ६५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार १० … Continue reading सुन घट्यो, चाँदीको भाउ बढ्यो

थप पढ्नुहोस् »

पत्रकार महासंघ दाङको २३ औं साधारणसभा सम्पन्न

दाङ,१९ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितालाई बलियो बनाउन सञ्चारकर्मी आफैँ सुधारिनु पर्ने बताएका छन्। उनले अरूलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्ने, सहने र ग्रहण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनले … Continue reading पत्रकार महासंघ दाङको २३ औं साधारणसभा सम्पन्न

थप पढ्नुहोस् »

रोल्पा दुर्घटनाः सडक सुरक्षा सुधारमा सरकार गम्भीर

काठमाडौ,१९ वैशाख । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा गत बिहीबार भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनापछि सरकारले यस्तो प्रतिबद्धता जनाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, दुर्घटनाको कारण पत्ता लगाउन … Continue reading रोल्पा दुर्घटनाः सडक सुरक्षा सुधारमा सरकार गम्भीर

थप पढ्नुहोस् »

रवि र अमेरिकी दूत गोरबीच भेटवार्ता

काठमाडौ,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान लामिछानेको निजी निवासमा भएको भेटमा अमेरिका–नेपाल साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो। भेटका क्रममा उनले नेपालमा नयाँ सरकारले परिवर्तनका लागि जनादेश पाएको र सुधारका प्रयासहरू … Continue reading रवि र अमेरिकी दूत गोरबीच भेटवार्ता

थप पढ्नुहोस् »

प्रहरी कार्यालय परिसरभित्र ८६ बम फेला

दाङ,१९ वैशाख । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्रै ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालयको कम्पाउण्डमा भवन निर्माणका लागि जग खन्ने क्रममा पहिलोपटक बुधबार दिउँसो शङ्कास्पद वस्तु देखिएको थियो। त्यसपछि उत्खनन कार्यलाई निरन्तरता दिँदा शनिबार बिहानसम्म जम्मा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमध्ये ८२ वटा … Continue reading प्रहरी कार्यालय परिसरभित्र ८६ बम फेला

थप पढ्नुहोस् »

व्यवसायी रिजालले गरे कांग्रेस परित्याग

दाङ,१९ वैशाख । नेपाली कांग्रेसका क्रियाशिल नेता तथा व्यवसायी विमल रिजालले पार्टी परित्याग गरेका छन् । तुलसीपुर–५ निवासी तथा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रिजालले सक्रिय सदस्यता सहित पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। उनले बैशाख १६ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३का सभापतिलाई पत्र लेख्दै व्यक्तिगत व्यावसायिक कारणले पार्टी छोडेको जनाएका … Continue reading व्यवसायी रिजालले गरे कांग्रेस परित्याग

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेहरुको विवरण सावर्जनिक

काठमाडौ,१८ वैशाख । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले पछिल्लो पटक २२ जनाको नाम थप्दै सूचीकृत प्रक्रिया पूरा गरेको जनाएको छ। केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त २५० जनाको विवरणमध्ये मन्त्रालयको मापदण्डअनुसार २२ जनामात्रै प्रमाणीकरण गरी सूचीकृत गरिएको हो। यससँगै जेनजी … Continue reading जेनजी आन्दोलनका घाइतेहरुको विवरण सावर्जनिक

थप पढ्नुहोस् »

सुकुम्बासी आन्दोलनः रास्वपा सांसदलाई जिल्ला प्रवेशमा रोक

दाङ,१८वैशाख । दाङका सुकुम्बासीहरू आन्दोलित बनेका छन्। सरकारले उचित विकल्प र व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउन थालिएको भन्दै सुकम्बासीहरु आन्दोलित बनेका हुन् । सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा डोजर चलाएर बस्ती हटाउन थालेपछि त्यसको प्रभाव दाङसम्म परेको हो। घोराही र तुलसीपुरका सुकुम्बासी संगठनहरूले बैठक गर्दै सरकारको कदमको कडा विरोध गरेका छन्। आन्दोलनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र … Continue reading सुकुम्बासी आन्दोलनः रास्वपा सांसदलाई जिल्ला प्रवेशमा रोक

थप पढ्नुहोस् »

रोल्पा जिप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत

दाङ,१८वैशाख । रोल्पमा जिप दुर्घटनामा परेर मृत्यु भएका २० जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा जिप चालकसहित २० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना मात्र जीवित रहेका छन्। जीवित रहेका समीर कामीले जिप दुर्घटना हुनुअघि छतबाट हाम फालेर ज्यान जोगाएका हुन्। जिल्ला प्रहरी कार्यालयका … Continue reading रोल्पा जिप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत

थप पढ्नुहोस् »