समाचार

नयाँ सहकारी दर्ता रोक्न र शाखा बन्द गर्न आयोगको सुझाव

काठमाडौ,१४ जेठ । सहकारी क्षेत्रको बेथिति छानबिनका लागि गठित आयोगले नयाँ सहकारी दर्ता तत्काल रोक्न र बहुशाखा सञ्चालन गरिरहेका सहकारीहरूलाई सीमित गर्न सुझाव दिएको छ। आयोगको प्रतिवेदनअनुसार सहकारी नियमनका लागि स्पष्ट संरचना नबन्दासम्म संघ, प्रदेश र स्थानीय तहमा नयाँ सहकारी दर्ता प्रक्रिया स्थगन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, सेवा केन्द्र तथा शाखा विस्तारमा पनि रोक … Continue reading नयाँ सहकारी दर्ता रोक्न र शाखा बन्द गर्न आयोगको सुझाव

थप पढ्नुहोस् »

शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

दाङ,१४ जेठ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। बिहीबारदेखि घोराहीमा सुरु भएको तालिममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका शिक्षकहरूको सहभागिता रहेको छ। तालिम ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए। तालिममा एआईको परिचय, विभिन्न टुल्सको … Continue reading शिक्षकका लागि एआई प्रयोगसम्बन्धी तालिम

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ घट्यो

दाङ,१४ जेठ । बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा २१५ रुपैयाँले घटेर ४ … Continue reading सुनचाँदीको भाउ घट्यो

थप पढ्नुहोस् »

राप्ती बबई क्याम्पसको ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन

दाङ,१४ जेठ ।राप्ती बबई क्याम्पसले ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ अङ्क–६ विमोचन गरेको छ। बुधबार आयोजित कार्यक्रममा अनुसन्धानमूलक तथा शैक्षिक लेख समेटिएको जर्नल सार्वजनिक गरिएको हो। कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि खड्काले अनुसन्धानले समाज रूपान्तरण र ज्ञान निर्माणमा … Continue reading राप्ती बबई क्याम्पसको ‘जर्नल अफ राप्ती बबई क्याम्पस’ विमोचन

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा उत्तेजना फैलाएको आरोप: विभिन्न व्यक्तिमाथि अनुसन्धान सिफारिस

काठमाडौ,१३ जेठ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको आरोपमा विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन सार्वजनिक गर्दै आन्दोलनअघि, आन्दोलनका बेला र त्यसपछि दिएका अभिव्यक्तिको आधारमा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे छानबिन गर्नुपर्ने जनाएको हो। प्रतिवेदनअनुसार सामाजिक सञ्जालमा दिइएका अभिव्यक्तिले प्रदर्शनलाई … Continue reading जेनजी आन्दोलनमा उत्तेजना फैलाएको आरोप: विभिन्न व्यक्तिमाथि अनुसन्धान सिफारिस

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्ताव पेश गरेपछि सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्दै कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले … Continue reading लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

थप पढ्नुहोस् »

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रोल्पा,१३ जेठ । सवारी ज्यान मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक युवक पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–५ सिम्लाका ३२ वर्षीय लालबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। धादिङ जिल्ला अदालतले २०७७ पुस २८ गते उनलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका केसीलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट आइतबार पक्राउ … Continue reading सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

थप पढ्नुहोस् »

पर्याप्त बजेट नहुँदा मल आपूर्ति प्रभावित

दाङ,१३जेठ। पर्याप्त बजेट नहुँदा देशमा रासायनिक मलको आपूर्ति प्रभावित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आवश्यक जति मल किन्न नसकिएको बताएका छन् । उनका अनुसार बजेट कम हुँदा आगामी वर्ष मलको अभाव हुन सक्ने चिन्ता बढेको छ। नेपालमा वर्षमा करिब ९ लाख मेट्रिक टन मल आवश्यक पर्छ। तर सरकारले बढीमा ५ … Continue reading पर्याप्त बजेट नहुँदा मल आपूर्ति प्रभावित

थप पढ्नुहोस् »

विद्युतको खपत बढ्दा पेट्रोलको घट्यो

काठमाडौ,१३ जेठ । देशभर विद्युत् पहुँच विस्तार र प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ। सहरी क्षेत्रमा विद्युतीय उपकरण, विशेषगरी विद्युतीय चुल्होको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घट्दो क्रममा रहेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुन … Continue reading विद्युतको खपत बढ्दा पेट्रोलको घट्यो

थप पढ्नुहोस् »

घट्यो सुनको मूल्य

काठमाडौ,१३ जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। मंगलबार ५ हजार ६० रुपैयाँमा कारोबार … Continue reading घट्यो सुनको मूल्य

थप पढ्नुहोस् »