स्वास्थ्य

तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईलेको औषधी सेवन गरे

तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । गएको बुधवार देखी सुरु भएको हात्रीपाईले रोग विरुद्धको औषधी सेवन अभियान अन्र्तगत शुक्रवार सम्म ५३.६ प्रतिशत अर्थात ७७ हजार ७ सय ३० जना नागरिकले औषधी सेवन गरेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनु भएको छ । दाङमा ११ औँ चरणको हात्तीपाईले रोग विरुद्धको … Continue reading तुलसीपुरमा ७७ हजार बढिले हात्तीपाईलेको औषधी सेवन गरे

थप पढ्नुहोस् »

देशभर थप ३३९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार २०१ … Continue reading देशभर थप ३३९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दाङमा बायु प्रदुषण खतराको विन्दुमा

दाङ पछिल्लो समय दाङसहित देशैभरि वायु प्रदूषण बढ्दै गएको छ ।वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको वेबसाइटमा दाङको बायु प्रदुषणको मात्रा (एयर क्वालिटी इन्डेक्स-एक्यूआई) एक सय ६२ पुगेको छ । वितेको दुई दिनमा दाङमा प्रदुषणको मात्रा एक्यूआई ७९ बाट बढेर एक सय ६२ पुगेको देखाएको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई … Continue reading दाङमा बायु प्रदुषण खतराको विन्दुमा

थप पढ्नुहोस् »

फ्रान्समा लकडाउन, स्कुल पनि बन्द

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले आउँदो शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ । लकडाउनको अवधिभर मानिसले घरमै … Continue reading फ्रान्समा लकडाउन, स्कुल पनि बन्द

थप पढ्नुहोस् »

वायु प्रदूषण बढेकाले आजदेखि ४ दिन विद्यालय बन्द

काठमाण्डाै । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका … Continue reading वायु प्रदूषण बढेकाले आजदेखि ४ दिन विद्यालय बन्द

थप पढ्नुहोस् »

काठमाडौंमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

काठमाण्डाै । विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ । हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल … Continue reading काठमाडौंमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

थप पढ्नुहोस् »

तुलसीपुरका दुई जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । संक्रमित तुलसीपुर ४ र १७ का महिला रहेका छन् । उनिहरुको बसाइँ भने घोराही रहेको छ । यो संगै तुलसीपुरमा … Continue reading तुलसीपुरका दुई जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

भारतबाट आएका २४ जनामा कोरोना पुष्टि

काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम … Continue reading भारतबाट आएका २४ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

नेपालमा १५० जनामा कोरोना संक्रमण , ३ जनाको ज्यान गयो

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो … Continue reading नेपालमा १५० जनामा कोरोना संक्रमण , ३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ । उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको … Continue reading खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

थप पढ्नुहोस् »