काठमाडौ,७ साउन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बन्धी तीन महत्वपूर्ण ऐन संशोधनका मस्यौदा सार्वजनिक गर्दै साउन १२ भित्र सुझाव मागेको छ।
प्रस्तावित संशोधनमा स्तनपान प्रवर्द्धनलाई कडाइ गर्ने, आमाको दूधको विकल्पको विज्ञापन नियन्त्रण गर्ने र उल्लङ्घनमा कारबाही कडा बनाउने व्यवस्था समेटिएको छ।
यस्तै, स्वास्थ्यकर्मी र अध्ययनरत विद्यार्थीको सुरक्षालाई कानुनी दायरामा ल्याउँदै स्वास्थ्य संस्थामा हुने हिंसा र बल प्रदर्शन रोक्ने प्रावधान प्रस्ताव गरिएको छ।
सुरक्षित मातृत्व ऐनअन्तर्गत सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्ने, गर्भवती तथा सुत्केरीमाथि हुने हिंसा निषेध गर्ने व्यवस्था राखिएको छ। साथै, प्रसूति बिदा ६ महिनासम्म पुर्याउने र विपद्का समयमा मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस