after_navbar

ढिस्कोले पुरिँदा दाङमा किशोरको मृत्यु


१ घण्टा अगाडि


दाङ,१० साउन। दाङमा माटाको ढिस्कोले पुरिँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको राजपुर गाउँपालिका–२ पीपलडाँडामा ढिस्कोले पुरिएर १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्री का अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका दिपेश ढिस्कोमा पुरिएका थिए। उनीलाई तत्काल उद्धार गरी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="