after_navbar

चारदिनमा ५५ थान अवैध भरुवा बन्दुक बरामद


५ मिनेट अगाडि


दाङ ,२० साउन । जिल्ला प्रहरी कार्यालय दाङले चार दिनको अवधिमा ५५ थान अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ।प्रहरी निरीक्षक एक्क बहादुर नेपालीका अनुसार ‘विशेष सर्च अपरेशन’का क्रममा स्थानीयले वनजंगलमा लुकाइछिपाइ राखेका ती बन्दुकहरू फेला पारिएको हो।

साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा जिल्लाका विभिन्न स्थानमा खोजतलास गरिएको थियो।

प्रहरीका अनुसार सबैभन्दा धेरै बंगलाचुली गाउँपालिका का विभिन्न वन क्षेत्रमा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको छ। त्यस्तै लमही नगरपालिका क्षेत्रबाट ७ नाल बन्दुक फेला परेको छ।

बरामद गरिएका अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। जिल्लामा शान्तिसुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिइने पनि प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

data-href="