after_navbar

सरकारमा जाने विषयमा राप्रपाको कुनै निर्णय छैन : लिङ्देन


३ मिनेट अगाडि


काठमाडौ,२० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन ले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल वा निर्णय नभएको बताएका छन्।

उनले राप्रपा आफैं सरकारमा जान पहल गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनका अनुसार हालसम्म कुनै पनि दलसँग औपचारिक संवाद नभएको र कसैले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए।

‘हामीले अहिले कुनै हिसाब-किताब लगाएका छैनौँ। कुनै दलसँग औपचारिक कुराकानी पनि भएको छैन। कुनै दलले अनुरोध पनि गरेको छैन,’ उनले भने, ‘हामी आफैं खोज्दै जाने नीति छैन।’

लिङ्देनले सरकार गठनका लागि आफ्नो पार्टीको सहयोग आवश्यक ठाने सम्बन्धित दलहरू नै वार्ताका लागि आउनुपर्ने धारणा राखे। साथै, केही दलले राप्रपाका सांसदहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गरिरहेको सूचना आएको र त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए।

बागमती प्रदेशको सरकार गठनबारे उनले त्यहाँ अन्य विकल्पहरू पनि रहेको उल्लेख गरे। ‘बागमतीमा सरकार चलाउन अन्य दलहरू छन्। कांग्रेससँग मिले त सजिलै सरकार बन्न सक्छ,’ उनले व्यंग्य गर्दै भने।

प्रतिक्रिया दिनुहोस

data-href="