दाङ ,२१ साउन । धानको तुलसीपुरमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी २१ वर्षीय कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-११ निवासी केसीको आज दुर्घटनामा परी मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मदन आश्रित चोक र गुम्राह चोक बीचमा भएको दुर्घटनामा बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करपछि सडकमा लडेकी केसीलाई सोही दिशातर्फ गइरहेको तुलसीपुर उपमहानगरपालिकाको टिप्परले कुल्चिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते केसीलाई तत्काल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस