after_navbar

खोलाले बगाउँदा रोल्पामा एक वृद्धको मृत्यु


१ मिनेट अगाडि


रोल्पा,२१ साउन ।खोलाले बगाउँदा रोल्पामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार खोलाले बगाउँदा ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो।

सुनछहरी गाउँपालिका–१ फुलिबन नजिकै रहेको बाच्छे खोला तर्ने क्रममा घर्तीमगरको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घर्तीमगर सामाजिक सुरक्षा भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ बाट घर फर्कदै गरेका थिए।

यसै क्रममा उनीसँगै रहेका अर्का जोखै घर्ती मगर घाइते भएका छन्। घाइतेलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि सुलिचौर पठाएको जनाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="