after_navbar

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु


३ मिनेट अगाडि


दाङ,२२साउन । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बनगाउँका २८ वर्षीय राजेन्द्र केसी दुर्घटनामा परि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरी प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार केसी आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित घर नजिकै सडक किनारमा खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार घरमा पेट्रोल सकिएपछि पेट्रोल ल्याउन भन्दै उनी मोटरसाइकल लिएर सुकौरातर्फ गएका थिए। फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोक्किएपछि गेटमा लाग्दै अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ। दुर्घटनाका बेला हेल्मेट नलगाएकाले चोट गम्भीर भएको अनुमान गरिएको डीएसपी पराजुलीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="