काठमाडौ,२५ साउन । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक(साउन, भदौ र असोज) पहिलो त्रैमासमा ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ उठाउने तयारी गरेको हो।
समग्र आर्थिक वर्षमा भने सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। दोस्रो त्रैमासमा ट्रेजरी बिलबाट १० अर्ब, विकास ऋणपत्रबाट ८० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाइनेछ।
त्यसैगरी तेस्रो त्रैमासमा ट्रेजरी बिलबाट ३० अर्ब र विकास ऋणपत्रबाट ९० अर्ब उठाउने योजना छ। चौथो त्रैमासमा ट्रेजरी बिलबाट ५४ अर्ब, विकास ऋणपत्रबाट ४० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड र रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ ऋण उठाइने सरकारको तयारी रहेको छ।
प्रतिक्रिया दिनुहोस