दाङ,२५ साउन। सवारी चेकजाँचका क्रममा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर-८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन्।
स्थानीयलाई पेस्तोल देखाएर त्रास फैलाएको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूलाई आइतबार बिहान करिब २ बजे विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पक्राउ परेकाहरूलाई सोमबार म्याद थपका लागि अदालतमा लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस