after_navbar

ग्यास लुकाउनेलाई ५० हजार जरिवाना


१ घण्टा अगाडि


दाङ, २५ साउन । बजार अनुगमनका क्रममा ग्यास लुकाएर राखेको भेटिएपछि बाँकेमा एक पसल संचालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका-११ स्थित ‘शकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोर’मा १३ वटा ग्यास लुकाएर राखिएको फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्थानीय प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा उक्त ग्यास लुकाइएको अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="