रोल्पा,२९ साउन। पहिरोले घर पुर्दा रोल्पानमा चारजना बेपत्ता भएको आशँका गरिएको छ । बिहिबार राति दुई घर पहिरोले पुरिदा उनीहरु बेपत्ता भएका हुन्। जिल्लाको सुनछहरी गाउँपालिका – २ को विर्छ र फालाबाङमा गरि दुई घर पहिरोले पुरेको हो।
वडा नं. २ का वडा अध्यक्ष कृष्णबहादुर बुढाले वडाको विर्छमा पहिरोले एउटा घर पुर्दा ६० देखि ६५ बर्षीया एक महिला लामी घर्ती मगर घर भित्रै पुरिएको भन्ने खबर प्राप्त भएको बताए ।हालसम्म उनको अवस्था अज्ञात रहेको उनले जानकारी दिए ।
त्यस्तै वडाको फालावाङमा अर्कौ एउटा घर पहिरोले पर्दा दुई महिला र एक पुरुष बेपत्ता रहेको भन्ने खबर आँफुले पाएको बुढाले बताए ।
घटनास्थलमा फोन सम्पर्क हुन नसकेको र आँफु घटनास्थल तर्फ जान थालेको वडाध्यक्ष बुढाले बताए ।
जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि स्थानीयले दुई घर पहिरोले पुर्दा चार जना बेपत्ता रहेको भन्ने सूचना दिएको बताए ।
स्थानीय प्रहरी घटनास्थल गएको भएपनि फोन सम्पर्क हुन नसक्दा एकीन बिवरण प्राप्त भइ नसकेको उनले जानकारी दिए । रोल्पाको थवाङमा अघिल्लो दिन मात्रै पहिरोमा परि १० जनाको मृत्यु भएको थियो । त्यसमा परेका मध्य अझैं ३ जना फेला पर्न सकेका छैनन् । दुइ जना घाइतेको भने बुटवलमा उपचार जारी छ ।
प्रतिक्रिया दिनुहोस