after_navbar

तुलसीपुरमा कुलोमा बगेर तीन वर्षीय बालकको मृत्यु


११ घण्टा अगाडि


दाङ,२९ साउन। दाङको तुलसीपुरमा कुलोमा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ। सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–६ अटोभिलेजनजिक आमासँगै डेरामा बस्दै आएका सुशिल विक बिहीबार साँझ स्थानीय कुलोमा बगेका थिए।

कुलोमा बगेका बालकलाई तुलसीपुर–६ गौलौरास्थित नालामा अचेत अवस्थामा फेला पारिएको थियो। प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार साँझ पौने ६ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।

बालक कमला विकका छोरा रहेको प्रहरीले जनाएको छ। उनीहरू केही समयदेखि अटोभिलेजनजिकै भाडाको कोठामा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="