after_navbar

तुलसीपुरमा घरको बरण्डाबाट खसेर ७ वर्षीय बालकको मृत्यु


७ घण्टा अगाडि


दाङ,२ भदौ । तुलसीपुरमा घरको बरन्डाबाट खसेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ घर भई हाल तुलसीपुर-५ बसपार्कमा ठूला बुवा वेदबहादुर बस्नेतको घरमा बस्दै आएका आर्यमान बस्नेत रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार सोमबार बिहान करिब ५ बजे पिसाब फेर्न बाहिर निस्कने क्रममा बालक तीन तला माथिको बरन्डाबाट तल नालामा खसेका थिए।

गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालक ठूला बुवाका छोरासँगै सुत्ने गरेका थिए। एउटै विद्यालयमा अध्ययन गर्ने भएकाले उनी ठूला बुवाको घरमा बस्दै आएका थिए।

यद्यपि, बालकका हजुरआमा र बुवाले घटना शंकास्पद रहेको बताएका छन्। बालककी आमा वैदेशिक रोजगारीमा रहेको र बुवा दोघरेमा बस्दै आएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="