after_navbar

फोर्स गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु,एक घाइते


५ घण्टा अगाडि


दाङ,३ भदौ राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार बिहान नेपालगन्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र विपरीत दिशातर्फ जादै गरेको बा.६८ प २५२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक कपुरकोट गाउँपालिका-६ सिमडाँखोलीका ३४ वर्षीय बेदबहादुर वली र पछाडि सवार सोही ठाउँका ५२ वर्षीय शुकलाल वली घाइते भएका थिए।

उद्धार गरी दुवैलाई उपचारका लागि तुलसीपुर पुर्याइएको थियो। थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पतालमा उपचाररत बेदबहादुरको बुधबार (आज)बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुकलालको भने सञ्जीवनी शिक्षण अस्पतालमै उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको प्रहरीले जनाएको छ।दुर्घटनापछि फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="