दाङ, ११ भदौ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १३ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भदौ १ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुंगा, बालुवा र गिट्टी ओसारपसारमा संलग्न १२ वटा ट्र्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। नियन्त्रणमा परेका सवारीसाधनबाट ३ लाख ५० हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस