after_navbar

२० क्विन्टल गाँजासहित दुईजना पक्राउ


४ मिनेट अगाडि


सप्तरी । सप्तरीबाट करिब २० क्विन्टल गाँजासहित दुईजना पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, फत्तेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोला सदाको घर र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल अन्दाजी २ हजार किलोग्राम (२० क्विन्टल) रहेको बताइएको छ।

बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="