after_navbar

पहिरोले एक्साभेटरसहित चालक पुरिए, सहचालक घाइते


१६ घण्टा अगाडि


मुगु सुख्खा पहिरो खस्दा मुगुमा एक्साभेटरसहित चालक पुरिएका छन् । मुगुको खत्याड गाउँपालिका-११ बिराखोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका हुन् भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान करिब ८ः३० बजे मुगु-रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका रविराज थपलियाका अनुसार बा ३ क ३२७६ नम्बरको एक्साभेटरसहित बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्।

दुर्घटनामा मुगुको सोरु गाउँपालिका-१ निवासी २२ वर्षीय सहचालक विनय मल्ल घाइते भएका छन्। एक्साभेटरबाहिर बसेर ढुंगा खस्ने सम्भावना हेरिरहेका मल्ललाई ढुंगाले लाग्दा हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।

पुरिएका चालक बागको उद्धारका लागि १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्। प्रहरी टोलीले पहिरो पन्छाएर उद्धार कार्य जारी राखेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="