काठमाडौ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाजिलमा रहेका कर्मचारीबाट रिक्त पदपूर्ति हुन नसक्ने अवस्थामा मात्रै लोक सेवा आयोगमा नयाँ पदपूर्तिका लागि माग आकृति फाराम पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदका फाजिल कर्मचारीको व्यवस्थापन नगरी नयाँ पदपूर्ति प्रक्रिया अघि नबढाउन सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई आग्रह गरेको हो।
सरकारले गत वैशाखमा विभिन्न निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी विभिन्न सेवा, समूह र पदका दरबन्दी कटौती गरेको थियो। उक्त सर्वेक्षणका क्रममा दरबन्दी कटौतीमा परेका कर्मचारी अहिले ठूलो सङ्ख्यामा मन्त्रालयमा फाजिलमा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव धोलकराज ढकालले फाजिलमा रहेका कर्मचारीको तत्काल व्यवस्थापन गर्नुपर्ने भएकाले नायब सुब्बा पदमा नयाँ पदपूर्ति गर्नुअघि उनीहरूलाई व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताए।
हाल मन्त्रालयमा नायब सुब्बा पदका कति कर्मचारी फाजिलमा छन् भन्ने यकिन तथ्याङ्क तयार भइरहेको मन्त्रालयले जनाएको छ।
निजामती सेवा नियमावलीमा कुनै राजपत्र अनङ्कित पद नयाँ सिर्जना भएमा वा कुनै कारणले रिक्त भएमा सम्बन्धित निकायले सात दिनभित्र उक्त पदसँग सम्बन्धित विवरण सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। मन्त्रालयले विवरण प्राप्त
प्रतिक्रिया दिनुहोस