after_navbar

साढे ३ किलो गाँजासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


१७ घण्टा अगाडि


काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलोग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरिएको हो। उत्तर प्रदेश ठेगाना भएका उनलाई विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा जाँच गर्दा लागूऔषधसहित फेला पारिएको ब्युरोले जनाएको छ।

ब्युरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले उनको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको अवस्थामा ३।५ किलोग्राम थाई गाँजा बरामद गरेको ब्युरोका सूचना अधिकारी दुर्गाराज रेग्मीले जानकारी दिए।

प्रहरीले उनको साथबाट एक थान राहदानी र मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="