after_navbar

भरुवा बन्दुकसहित एक जना पक्राउ


१७ घण्टा अगाडि



बैतडी । बैतडीमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-३ चमडियाका २७ वर्षीय लोकेश ऐरी रहेका छन्।

विशेष सूचनाका आधारमा शनिबार अस्थायी प्रहरी पोस्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले ऐरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। उनको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ऐरीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि शुक्रबार राति सशस्त्र प्रहरीले दशरथचन्द नगरपालिका-९ स्थित ग्वाल्लेक सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुकसमेत बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="