after_navbar

दाङमा तीन थान भरुवा बन्दुक बरामद


१० घण्टा अगाडि


दाङ। प्रहरीले दाङका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा असोज १९ र २० गते खटिएको प्रहरी टोलीले बंगलाचुली र लमहीका विभिन्न स्थानबाट ती बन्दुक बरामद गरेको हो।

प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका-५ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनको झाडीमा लुकाइराखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको थियो।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट रिहारबाट खटिएको टोलीले लमही नगरपालिका-९ तिलियास्थित आमखोली सामुदायिक वनको झाडीबाट थप एक थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद भएका हतियार कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="