दाङ । बडादशैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आजै घरघरमा फूलपाती भित्र्याउने परम्परा पनि छ।
हरेक वर्ष असोज शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गर्ने वैदिक परम्परा छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी राखिएको जमरासहित दुर्गा देवीको नौ दिनसम्म विशेष पूजा गरिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
प्रतिक्रिया दिनुहोस