काठमाडौ । चितवनको भरतपुरमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-४ त्रिचोकमा ३० वर्षीय सुमन राना मगरले फलामको रड प्रहार गर्दा ३२ वर्षीया श्रीमती सपना राना मगरको मृत्यु भएको हो।
स्याङ्जाको चापाकोट गाउँपालिका-६ स्थायी घर भएका उनीहरू भरतपुर त्रिचोकमा डेरा गरी बस्दै आएका थिए। बुधबार भाइटीकाका दिन बिहान घरायसी विवाद बढ्दै गएपछि सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार बिहान करिब साढे ८ बजे भएको घटनामा सपनाको डेरामै मृत्यु भएको हो।
घटनापछि प्रहरीले सुमनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस