दाङ । दाङमा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गढवा गाउँपालिका-६ परिचोकमा भएको उक्त दुर्घटनामा गढवा गाउँपालिका-७ निवासी अन्दाजी ३० वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। मोटरसाइकल चालक राप्ती गाउँपालिका-५ निवासी सुनिल चौधरी गम्भीर घाइते भएका छन्।
घाइते सुनिललाई थप उपचारका लागि घोराही रिफर गरिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस