after_navbar

कारागारबाट कैदी फरार


५ घण्टा अगाडि


पर्सा। पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

पोखरिया नगरपालिका-सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा सुरक्षा घेरा तोडेर फरार भएका हुन्।

साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

वीरगञ्ज भारतसँगको खुला सीमासँग जोडिएको क्षेत्र भएकाले फरार कैदी भारततर्फ भाग्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="