शिक्षा

कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौं,१६ पुस । रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै इपिएस (EPS) प्रणाली अन्तर्गत छनोट भएका विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। बुधबार विद्यार्थीहरूले युवाको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै इपिएस कोरिया शाखा कार्यालय अगाडि, ग्वार्को (ललितपुर) मा विरोध प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अल्झिँदा आफूहरू अन्योलमा परेको उनीहरूको गुनासो छ। प्रदर्शनकारीहरूले भाषा परीक्षा … Continue reading कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

थप पढ्नुहोस् »

सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले घोक्ने र गृहकार्य सार्ने विद्यार्थीभन्दा युगसापेक्ष सिर्जनात्मक सोच भएका … Continue reading सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

थप पढ्नुहोस् »

शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

दाङ,१२ पुस । दाङमा शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा जिल्लामा रहेका क्रियाशील शिक्षक नायकहरूका लागि उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो। जुनियर युवा रेडक्रस समिति दाङका संयोजक भीमलाल मरासिनीको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यतामा … Continue reading शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

थप पढ्नुहोस् »

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर मावि प्रथम

दाङ,१२ पुस। दाङको तुलसीपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा दुईसय अंक प्राप्त गर्दै अमर मावि प्रथम भएको छ । प्रथम हुने अमर माध्यमिक विद्यालयले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ … Continue reading अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर मावि प्रथम

थप पढ्नुहोस् »

बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर यो कार्यक्रम अघि बढाइएको हो । गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको अभियानमा १० वटा माध्यमिक विद्यालयका १ हजार २५५ जना विद्यार्थी प्रत्यक्ष सहभागी बनेका छन् … Continue reading बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

थप पढ्नुहोस् »

मावि सेन्टरमा नयाँ व्यवस्थापन समिति

दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति गठन गरेको हो। विद्यालयको शैक्षिक गुणस्तर थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । गठित समितिको अध्यक्षमा सुरेश कुमार रावत सदस्यमा … Continue reading मावि सेन्टरमा नयाँ व्यवस्थापन समिति

थप पढ्नुहोस् »

शिक्षामा लगानी बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको जोड

काठमाडौँ, १० पुस। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताइन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरण अन्त्य गर्नुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको भनिन्। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा … Continue reading शिक्षामा लगानी बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको जोड

थप पढ्नुहोस् »

१६ हजार बढी विद्यार्थी दिक्षित

काठमाडौं, १० पुस। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । आज आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की सहित शैक्षिक क्षेत्रका व्यक्तिहरूले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् । विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार एक सय एक जना विद्यार्थी … Continue reading १६ हजार बढी विद्यार्थी दिक्षित

थप पढ्नुहोस् »

उपकुलपतिमाथि लगाइएका आरोप निराधार र भ्रामक: नेपाल संस्कृत विश्वविद्यालय

दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नाममा पुस ६ गते प्रकाशित विज्ञप्तिमार्फत् उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गरिएको … Continue reading उपकुलपतिमाथि लगाइएका आरोप निराधार र भ्रामक: नेपाल संस्कृत विश्वविद्यालय

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा फाराम खुल्यो

काठमाडौँ,८ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको हो। ०८३ को वार्षिक परीक्षाका लागि नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक) ८० र ८१ भएका परीक्षार्थीहरूका लागि मात्र फाराम खुलाइएको बोर्डले जनाएको छ। परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस … Continue reading कक्षा १२ को परीक्षा फाराम खुल्यो

थप पढ्नुहोस् »