शिक्षा

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्। आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए। घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी … Continue reading संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

थप पढ्नुहोस् »

अभिभावकलाई आन्दोलनमा उत्रिन शिक्षा मन्त्रीको आह्वान

काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध स्थानीय स्तरमै एकजुट भएर आवाज उठाउन आग्रह गरेका हुन्। विद्यालयमा देखिएको मनपरी र राजनीतिक हस्तक्षेप अन्त्यका लागि अभिभावकको दबाब आवश्यक रहेको भन्दै मन्त्री पुनले सुधारका … Continue reading अभिभावकलाई आन्दोलनमा उत्रिन शिक्षा मन्त्रीको आह्वान

थप पढ्नुहोस् »

गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन बाध्य भएको घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। राजीनामा दिने शिक्षकहरूका अनुसार विद्यालय प्रशासनले कुनै आधिकारिक छानबिन नगरी बाह्य हल्लाका आधारमा … Continue reading गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम यज्ञबहादुर विकको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा गुरुजजुर मावि, कालाखोला मावि … Continue reading अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

थप पढ्नुहोस् »

दाङको तुलसीपुरबाट बालविवाहविरुद्ध राष्ट्रिय अभियान सुरु

दाङ,१२ मसिर  । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा  सुरु गरिएको छ ।१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको  तुलसीरबाट गरिएको हो । तुलसीपुरमा  विविध  तथा जनसचेतना मुलक कार्यक्रमसँगै अभियानको उद्घाटन गरिएको हो । बालविवाहविरुद्धको सडक नाटक,  र्याली जुलुस, र दीप प्रज्वलन  गरि  अभियानको शुभारम्भ गरिएको हो। राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा जस्ट … Continue reading दाङको तुलसीपुरबाट बालविवाहविरुद्ध राष्ट्रिय अभियान सुरु

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा स्मरण शक्ति परीक्षण कार्यक्रम

दाङ, ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकामा बालबालिकामध्ये स्मरण शक्ति परीक्षणसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ। महिला बालबालिका शाखाको आयोजनामा तथा शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं–३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र जनता आ.वि हरनेटीको समन्वयमा सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र … Continue reading अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा स्मरण शक्ति परीक्षण कार्यक्रम

थप पढ्नुहोस् »

कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो। विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। दुई … Continue reading कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

थप पढ्नुहोस् »

सुदूरपश्चिम विश्वविद्यालयको तीनसय बिघा जग्गा अतिक्रमणमा

कञ्चनपुर,१९ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसलाई २०६२ सालमा टीकापुर विकास समितिले तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो। तर, हालसम्म क्याम्पसले ८० बिघामात्र भोगचलन गर्न सकेको छ भने बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा … Continue reading सुदूरपश्चिम विश्वविद्यालयको तीनसय बिघा जग्गा अतिक्रमणमा

थप पढ्नुहोस् »

उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस सूचनामा उम्मेदवारले आवेदनसँगै अवधारण र रणनीतिक पत्र पनि पेश गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले आवेदनका लागि आजदेखि १५ दिने समय तोकेको छ। साविक गेटा मेडिकल कलेज … Continue reading उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन आह्वान

थप पढ्नुहोस् »

ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् । मङ्गलबार सार्वजनिक भएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योति फाउन्डेसनका छात्रा वर्षा के.सी.ले ३.६७ जिपिए प्राप्त गरेकी छिन् भने अन्य … Continue reading ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

थप पढ्नुहोस् »