शिक्षा

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो। आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ … Continue reading कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

थप पढ्नुहोस् »

संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ। ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त रूपमा असोज २९ गते युकेमा आयोजना गरेको नेपाल–युके एजुकेसन अवार्ड–२०२५ कार्यक्रममा संस्कार पाठशालालाई उक्त अवार्ड प्रदान गरिएको हो। विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, … Continue reading संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

थप पढ्नुहोस् »

विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ। कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो। अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका … Continue reading विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

थप पढ्नुहोस् »

अस्थायी र करार कर्मचारी कटौती नहुने

काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ। अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नियुक्त गर्न नपाइने उल्लेख गरिएको थियो। तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको … Continue reading अस्थायी र करार कर्मचारी कटौती नहुने

थप पढ्नुहोस् »

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ । पूरक परीक्षा साउन २९ देखि भदौ … Continue reading एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

थप पढ्नुहोस् »

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ । क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख … Continue reading आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

थप पढ्नुहोस् »

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्। दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने … Continue reading नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

थप पढ्नुहोस् »

केशर महलमा सारियो शिक्षा मन्त्रालय

काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको हो । भवन प्रयोग गर्न अयोग्य भएपछि मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।   उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार … Continue reading केशर महलमा सारियो शिक्षा मन्त्रालय

थप पढ्नुहोस् »

उपमहानगरलाई गोरखा माविको सहयोग

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ। भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित भएपछि उपमहानगरपालिकालाई गोरखा माध्यमिक विद्यालयले सहयोग गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान स्टिल दराज, दुई … Continue reading उपमहानगरलाई गोरखा माविको सहयोग

थप पढ्नुहोस् »

दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो। कलेजका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका उपनिर्देशक यादवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा … Continue reading दाङ टेक्निकल कलेजमा स्वागत तथा विदाई कार्यक्रम

थप पढ्नुहोस् »