शिक्षा

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ। संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ। सन्देशमा … Continue reading शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

थप पढ्नुहोस् »

घोराहीमा पठनपाठन अनिश्चितकालका लागि स्थगित

दाङ, २६ भदौ । घोराही उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा पठनपाठन अनिश्चित कालका लागि स्थगित गरिएको बताएको छ। मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण घोराही उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन अनिश्चितकालका लागि स्थगित गरिएको हो। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.ले शुक्रबार सूचना जारी गर्दै २०८२ भदौ २७ गतेदेखि लागू हुने गरी अर्को सूचना … Continue reading घोराहीमा पठनपाठन अनिश्चितकालका लागि स्थगित

थप पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परिक्षा अनिश्चितका लागि स्थगित

काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

थप पढ्नुहोस् »

कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्ड, दाङका प्रमुख कमल प्रकाश अर्यालले ज्ञान ज्योति कलेज जिल्लाको गौरव गर्ने शैक्षिक संस्था … Continue reading कक्षा ११ का विद्यार्थीलाई ज्ञान ज्योतीको स्वागत

थप पढ्नुहोस् »

नेपाल टेलिकमद्वारा प्यूठानको विद्यालयमा ICT ल्याब सामग्री प्रदान

दाङ, २० भदौ । नेपाल टेलिकमले आइसिटी ल्याबका लागि विद्यालयमा उपकरणहरू प्रदान गरेको छ। डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत नेपाल टेलिकम शाखा कार्यालय तुल्सीपुर, दाङले प्यूठानको श्री गणेश माध्यमिक विद्यालय, माण्डवी गाउँपालिका–१ तिराममा ICT ल्याब स्थापना गर्न कम्प्युटरसहितका उपकरणहरू प्रदान गरेको हो।सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यालयलाई १२ थान कम्प्युटर, १२ थान UPS र १ थान … Continue reading नेपाल टेलिकमद्वारा प्यूठानको विद्यालयमा ICT ल्याब सामग्री प्रदान

थप पढ्नुहोस् »

रेडक्रसको स्थापना दिवसमा रक्त समूह परीक्षण

दाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा रक्त समूह परिक्षण गरिएको छ । स्थापना दिवसको अवसरमा बिहिबार विद्यालयमा पुगेर नेपाल रेडक्रस सोसाइटी दाङले रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । रेडक्रस दाङको प्राविधिक सहयोग र जुनियर रेडक्रस सर्कल माध्यमिक विद्यालय कालाखोलाको आयोजनामा उक्त कार्यक्रम भएको हो। जुनियर रेडक्रस सर्कलकी अध्यक्ष … Continue reading रेडक्रसको स्थापना दिवसमा रक्त समूह परीक्षण

थप पढ्नुहोस् »

‘निजी विद्यालयलाई अन्त्य गर्ने प्रयास भइरहेको छ’ : नेसनल प्याब्सन

काठमाडौं,१७ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई निजी विद्यालय नियमनका नाममा अन्त्यतर्फ लैजाने प्रयास भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ। लामो समयपछि आएको विद्यालय शिक्षा ऐन अहिले संसद्मा विधेयकका रूपमा छलफलमा रहेको छ। नेसनल प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रस्तावित विधेयकमा उल्लेख भएका निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, … Continue reading ‘निजी विद्यालयलाई अन्त्य गर्ने प्रयास भइरहेको छ’ : नेसनल प्याब्सन

थप पढ्नुहोस् »

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालय राज्यलाई बुझाउने

दाङ, १२ भदौ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विधेयकमा रहेका त्रुटि सच्याउन माग गर्दै प्याब्सनले चरणबद्ध आन्दोलन सुरु गरेको हो। दाङमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा आयोजना गरी ज्ञापनपत्र बुझाइएको छ। कोणसभाका वक्ताहरूले विधेयक निजी विद्यालयलाई धरासायी … Continue reading निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालय राज्यलाई बुझाउने

थप पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। तर, केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले फरक मत राखेका छन्। माओवादी सांसदहरूले हाल कार्यरत बालविकास सहयोगीलाई उमेरको हद नलाग्ने गरी शिक्षक … Continue reading विद्यालय शिक्षा विधेयक समितिबाट पारित

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय युवा दिवसमा तुलसीपुर जेसीजको ‘Protect your Money’ कार्यक्रम

दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ’ protect your money’शीर्षकमा वित्तीय सचेतना दिएको हो। नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा राप्ती बबै क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्देको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको … Continue reading अन्तर्राष्ट्रिय युवा दिवसमा तुलसीपुर जेसीजको ‘Protect your Money’ कार्यक्रम

थप पढ्नुहोस् »