समाचार

घाइते रमाको उपचारका क्रममा मृत्यु

दाङ, ९ माघ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरकी ३३ वर्षीया रमा चौधरी रहेकी छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घाइते चौधरीको आज अपराह्न सवा ४ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको … Continue reading घाइते रमाको उपचारका क्रममा मृत्यु

थप पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीनजना घाइते

दाङ,९माघ । तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीन जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब पौने २ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ३३ वर्षीया रमा चौधरी गम्भीर घाइते भएकी छन्। उनको टाउको, मुख, हात र … Continue reading मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीनजना घाइते

थप पढ्नुहोस् »

जसपुर–तुलसीपुर सडकका संरचना हटाउन आग्रह

दाङ,९ माघ। सडक डिभिजन दाङले राप्ती राजमार्गअन्तर्गत जसपुर–तुलसीपुर सडकखण्डभित्र पर्ने अवैध तथा अस्थायी संरचना हटाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सडक सिमाभित्र पर्ने संरचना तथा सामग्री १५ दिनभित्र हटाउन निर्देशन दिएको हो । सडक सिमाभित्र व्यापारिक मालसामान राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा खुद्रा पसल तथा व्यापार सञ्चालन गर्नेलगायतका अस्थायी … Continue reading जसपुर–तुलसीपुर सडकका संरचना हटाउन आग्रह

थप पढ्नुहोस् »

क्षेत्र नं. ३ बाट दुईजनाको उम्मेदवारी फिर्ता

दाङ, ९ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना स्वतन्त्रसहित दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उनीहरूले आज उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वली (प्रविन) ले … Continue reading क्षेत्र नं. ३ बाट दुईजनाको उम्मेदवारी फिर्ता

थप पढ्नुहोस् »

आज उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

दाङ,९ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता प्रक्रिया र अन्तिम नामावली प्रकाशनपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । निर्वाचन चिन्ह पाएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन चिन्ह मतदाताका लागि उम्मेदवार चिन्ने … Continue reading आज उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

थप पढ्नुहोस् »

आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ,९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न मानव अधिकारसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र … Continue reading आचारसंहिता पालना गर्न आह्वान

थप पढ्नुहोस् »

पीआर विवादपछि आशिका तामाङको उम्मेदवारी फिर्ता

काठमाडौँ,९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उम्मेदवारी फिर्ता लिने निर्णयबारे उनले निर्वाचन अधिकृतको कार्यालयमा इमेल तथा फोनमार्फत जानकारी गराएकी हुन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गर्न तामाङ स्वयं निर्वाचन अधिकृतको कार्यालय जाने तयारीमा समेत रहेको जनाइएको छ । हालै सामाजिक सञ्जालमा तामाङको जर्मनीको … Continue reading पीआर विवादपछि आशिका तामाङको उम्मेदवारी फिर्ता

थप पढ्नुहोस् »

तीन लाख नाघ्यो सुनको मूल्य

काठमाडौँ ,९ माघ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ हजार २०० रुपैयाँले बढ्दै तीन लाख नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ६ हजार १९० रुपैयाँ … Continue reading तीन लाख नाघ्यो सुनको मूल्य

थप पढ्नुहोस् »

आज मौसम बदली हुने

काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी पश्चिमी नेपालमा मौसम बदली भई मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। विभागका मौसमविद् डेभिट ढकालले शुक्रवार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका … Continue reading आज मौसम बदली हुने

थप पढ्नुहोस् »

आज बसन्त पञ्चमीः सरस्वती पूजा र अक्षरारम्भ गर्ने दिन

दाङ, ९ माघ । आज बसन्त पञ्चमी मनाइँदैछ। यस अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ। आजकै दिन विद्यालय नपठाइएका बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ। बसन्त पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको देख्न सकिन्छ। विशेषगरी बालबालिकालाई लेखपढमा प्रवृत्त गराउने उद्देश्यले आज पहिलोपटक अक्षर चिनाउने … Continue reading आज बसन्त पञ्चमीः सरस्वती पूजा र अक्षरारम्भ गर्ने दिन

थप पढ्नुहोस् »