समाचार

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको आग्रह

दाङ,१२ माघ। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि गृह मन्त्रालयले दिएको छ। गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराउँदै राष्ट्रिय … Continue reading राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

लुम्बिनीको राष्ट्रियसभा निर्वाचनः जनप्रतिनिधिकै मत बदर

दाङ, १२ माघ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोराहीमा आइतबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएका छन्। प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकोमा ६ मत बदर भएको थियो। त्यसैगरी, नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मतदातामध्ये २०८ जनाले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए। तीमध्ये १० मत … Continue reading लुम्बिनीको राष्ट्रियसभा निर्वाचनः जनप्रतिनिधिकै मत बदर

थप पढ्नुहोस् »

दाङमा लागुऔषसहित तीनजना पक्राउ

दाङ,१२ माघ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा तीनजनालाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर -१७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् … Continue reading दाङमा लागुऔषसहित तीनजना पक्राउ

थप पढ्नुहोस् »

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ, १२ माघ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक तथा मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। उजुरीमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा … Continue reading बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

थप पढ्नुहोस् »

भारतीय नागरिकलाई नागरिकता दिने दाङका जनप्रतिनिधि र प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१२ माघ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिएको आरोपमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकामध्ये इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख शाखा अधिकृत खवास, राजपुर गाउँपालिका–४ … Continue reading भारतीय नागरिकलाई नागरिकता दिने दाङका जनप्रतिनिधि र प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्य बढ्यो

दाङ,१२ माघ ।नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २९० … Continue reading सुनचाँदीको मूल्य बढ्यो

थप पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनः कांग्रेस ९, एमाले ८ र लोसपा १ सिटमा विजयी

दाङ,१२ माघ । राष्ट्रिय सभाका १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस ९ सिटमा विजयी भएको छ भने नेकपा (एमाले) ले ८ सिट जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ सिट हात पारेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा तय गरिएको चुनावी तालमेल नीतिअनुसार कांग्रेसले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीसँग … Continue reading राष्ट्रियसभा निर्वाचनः कांग्रेस ९, एमाले ८ र लोसपा १ सिटमा विजयी

थप पढ्नुहोस् »

१५ नेताले छोडे कुलमानको उज्यालो पार्टी

दाङ, ११ माघ । राजनीतिक वैकल्पिको रूपमा चर्चामा रहेको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ। उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको बताएका हुन्। डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायत नेताहरूले पार्टीसँगको सम्बन्ध अन्त्य भएको स्पष्ट पारेका … Continue reading १५ नेताले छोडे कुलमानको उज्यालो पार्टी

थप पढ्नुहोस् »

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन: कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी

दाङ,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ गठबन्धनबाट नेकपा (एमाले) की उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरतर्फ कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० … Continue reading लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचन: कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी

थप पढ्नुहोस् »

नेकपा एमाले र प्रगतिशीलबीच चुनावी सहमति

दाङ,११ माघ।आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। सहमति अनुसार पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेकपा (एमाले) ले मतदान गर्ने भएको छ। त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा … Continue reading नेकपा एमाले र प्रगतिशीलबीच चुनावी सहमति

थप पढ्नुहोस् »