समाचार

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं,१५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट दर्ता गरिएको उनको उम्मेदवारी आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका हुन्। उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि … Continue reading रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

थप पढ्नुहोस् »

सुनको मूल्य इतिहासकै उच्च: तोलामा २० हजार रुपैयाँले वृद्धि

काठमाडौं,१५ माघ। नेपाली बजारमा सुनको मूल्य एकाएक ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो। यससँगै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। अब उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ। यसअघि बुधबार सुन … Continue reading सुनको मूल्य इतिहासकै उच्च: तोलामा २० हजार रुपैयाँले वृद्धि

थप पढ्नुहोस् »

दाङमा १६ वटा अतिसंवेदनशील मतदान स्थल: पाँचहजार बढी सुरक्षाकर्मी परिचालन

दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ। वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा … Continue reading दाङमा १६ वटा अतिसंवेदनशील मतदान स्थल: पाँचहजार बढी सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »

रुकुमपूर्व र आसपास क्षेत्रमा निरन्तर हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व ,१४ माघ । जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तीनवटा गाउँपालिका रहेका रुकुमपूर्वका तीनै गाउँपालिकाका उच्च भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ। पानी र हिमपातसँगै किसानहरू खुसी देखिएका छन्। माथिल्लो भेगमा हिमपात … Continue reading रुकुमपूर्व र आसपास क्षेत्रमा निरन्तर हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: दाङसहित पश्चिम नेपालमा वर्षा, हिमाली जिल्लामा हिमपात

दाङ,१४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि दाङ उपत्यकासहित पश्चिम नेपालका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। लामो समयको खडेरीपछि परेको वर्षाले चिसो बढाए पनि कृषकहरूमा भने उत्साह थपिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा बदली भई वर्षा भएको हो। दाङको घोराही, तुलसीपुर … Continue reading पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: दाङसहित पश्चिम नेपालमा वर्षा, हिमाली जिल्लामा हिमपात

थप पढ्नुहोस् »

तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले मावि तुलसीपुर सेन्टर सामुदायिक विद्यालयप्रतिको सोच बदल्ने … Continue reading तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

थप पढ्नुहोस् »

चार सवारीसाधन ठोक्किँदा आगलागी

काठमाडौं,१३ माघ । चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा आगलागी भएको छ। काठमाडौंको जमलमातीव्र गतिमा रहेका सवारीसाधन ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई सवारीसाधनमा पनि फैलिएको थियो। दरबारमार्ग ट्राफिक प्रहरीले घटनाको पुष्टि गर्दै अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। प्रहरीका अनुसार , चार वटा गाडी एकआपसमा ठोक्किएका हुन्। केही व्यक्ति घाइते भएका छन् । … Continue reading चार सवारीसाधन ठोक्किँदा आगलागी

थप पढ्नुहोस् »

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइने

दाङ,१३ माघ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप सञ्चालन गरिनेछ। खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा … Continue reading माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइने

थप पढ्नुहोस् »

राष्ट्रियसभा बैठकः चलचित्र विधेयक र समितिका प्रतिवेदन पेस हुने

काठमाडौं,१३ माघ। संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ। नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि स्थगित राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा … Continue reading राष्ट्रियसभा बैठकः चलचित्र विधेयक र समितिका प्रतिवेदन पेस हुने

थप पढ्नुहोस् »

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ,१३ माघ । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो। गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा … Continue reading गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

थप पढ्नुहोस् »